विराटचोक/ आन्तरिक पर्यटनलाई बढाउने अभिप्रायका साथ सुन्दरहरंैचाको ऐतिहासिक बाघझोडा पोखरीमा स्थानीयको पहलमा डुङ्गा सञ्चालनमा आएको छ ।
सुन्दरहरैचा – १० मा पर्ने बाघझोडा सिमसार संरक्षण क्षेत्रभित्र पर्ने पोखरीले लामो इतिहास बोकेको स्थानीय बताउँछन् । करिब ७ बिघा क्षेत्रफलमा फैलिएको यो पोखरी लामो समयदेखि संरक्षणको अभावमा ओझेलमा परिरहेको पूर्व सांसद चन्द्रबहादुर गुरुङ बताउँछन् ।
उनका अनुसार डुङ्गाको सञ्चालनपछि स्थानीय पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ । बाघझोडा सिमसार संरक्षण समितिका अध्यक्ष समेत रहेका गुरुङका अनुसार गाउँमै निर्माण गरिएको सो डुङ्गाको लागत करिब २ लाख रुपैयाँ रहेको छ । सो डुङ्गामा एक पटकमा ३० जना मानिस सवार हुन सक्ने बताइएको छ ।
सरकारी तवरबाट पोखरीको संरक्षण तथा संवद्र्धनमा कुनै चासो नदिइएकाले स्थानीयले आफ्नै पहलमा डुङ्गा सञ्चालन गरेको उनको भनाइ छ । शुक्रबारदेखि डुङ्गा सञ्चालनमा आएको हो । ५ सय किलोग्राम फलामबाट निर्माण गरिएको डुङ्गा बोकेर पोखरीमा लैजान ठूलो संख्यामा स्थानीयवासी भेला भएका थिए ।
आफ्नै घर अघिको पोखरीमा डुङ्गा सञ्चालन भएपछि स्थानीय डोमा उराव दङ्ग थिए । अब गाउँमा पर्यटक बढ्ने र आफूहरूले रोजगार पाउनेमा आशा जागेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६