धरान/ लामो समयदेखि निर्माणाधीन धरान–१६ स्थित रंगशालामा राष्ट्रिय खेलकुद परिषद र नगर खेलकुद विकास समिति दुवैले बजेट लगानी गरेर निर्माण कार्यलाई तीव्रता दिएका छन् ।
गत आर्थिक वर्षमा परिषदले कुल १ करोड ७९ लाख लगानी गरेको थियो भने चालु आर्थिक वर्षको शुरुमा नै नगर खेलकुद विकास समितिले ५ लाख बढीको लगानी गरिसकेको छ । परिषद्ले गुरुयोजना बनाएर पुनर्निमाण थालेको ८ वर्ष भइसक्दा पनि अझै रंगशालाले पूर्णता भने पाउन सकेको छैन । रंगशालाको निर्माण कार्य पूरा नहँुदा धरानको महत्वपूर्ण खेलकुद गतिविधि एवं प्रतियोगिता (बुढासुब्बा गोल्डकप) समेत लामो समय यहाँ हुन सकेको थिएन । निर्माण कार्य अधुरो भए पनि २० औं संस्करण भने धरान फुटबल क्लबले यही रंगशालामा गरेको थियो ।
गत आर्थिक वर्षमा राखेपले उत्तर पश्चिममा १ करोड ३९ लाखमा २ वटा प्याराफिट ब्लक, मैदानमा ८ लेनको ट्रयाक छोडेर फेन्सिङ, मैदानमा सरदर ६ इञ्च माटो भरेर लेभलिङको काम गरेको थियो ।
यस्तै, थप ४० लाख बजेटमा पूर्वतर्फ एउटा प्याराफिटको जग हाल्ने काम पनि गत आर्थिक वर्षमा सम्पन्न भइसकेको परिषदका साइट इञ्जिनियर केवल परियारले जानकारी दिए ।
उनका अनुसार यी सबै गुरुयोजना अनुसारकै संरचना बनेका हुन् । ‘यो वर्ष पनि पूर्वतर्फको प्याराफिट तयार हुन्छ, अहिलेसम्म रंगशालामा ७ हजार हाराहारीमा दर्शक अट्ने प्याराफिट तयार भइसकेको छ,’ उनले भने ।
रंगशालामा राखेपको मात्र लगानी भएको छैन । चालु आर्थिक वर्षको शुरुवातमै नगर खेलकुद विकास समितिले पनि ५ लाख बढीको लगानीमा मैदानमा घाँस रोपिरहेको छ । घाँस रोप्ने उपयुक्त समय भएकाले आर्थिक वर्षको शुरुमै लगानी गरिएको समितिले जनाएको छ । परिषद्ले मैदानमा सरदर ६ इञ्च माटो भरेर लेभल मिलाइदिएको थियो । अहिले वर्षाको समय भएकाले त्यसमाथि घाँस रोप्ने काम भइरहेको समितिका संयोजक सुवास राईले बताए । ‘मैदानमा घाँस रोप्नको लागि धरान फुटबल क्लबलाई संयोजनको जिम्मा दिएका छौं, क्लबले नै कुमारखत सामुदायिक वनबाट घाँस ल्याएर रोपिरहेको छ । यसमा ५ लाख बजेट छ,’ उनले भने ।
क्लबका महासचिव प्रताप तामाङका अनुसार अबको २ महिनाभित्रमा घाँस सरेर रंगशालाको खेल मैदान उपयुक्त हुनेछ । मैदानको संरक्षणमा जोड दिँदै उनले दैनिक प्रयोग गर्न नदिई प्रतियोगिताको लागि मात्र उपयोग हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६