विराटनगर/ अवैध रूपमा भारतबाट औषधी भित्र्याएर नक्कली मूल्य टाँसी विराटनगरका औषधी पसललेले बिक्री गरेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको खुलेको छ ।
अवैध औषधीमा मूल्य तथा उपभोग्य मितिसहितको लेबल टाँसिरहेको अवस्थामा सुनसरीको धरान–४ का जीवन अग्रवाललाई प्रहरीले पक्राउ गरेपछि नेपाली बिरामीमाथि अस्पतालमा मनपरी हुने गरेको पुष्टि भएको छ ।
अग्रवालबाट नक्कली बिल, औषधीमा टाँसिने लेबलहरू र अन्य शंकास्पद कागजातसमेत नियन्त्रणमा परेका छन् । अति आवश्यकीय औषधी अवैध रूपमा भित्र्याउने र आफैं मूल्य टाँस गरी बिक्री गर्ने गरेको देखिएको छ ।
अग्रवाललाई नियन्त्रणमा लिएपछि उनको बयानका आधारमा विराटनगर अस्पताल र म्याक्स अस्पतालका फार्मेसीबाट औषधीसहित दीपककुमार राय र महुली फार्मेसीका प्रशान्तकुमार चौधरीलाई नियन्त्रणमा लिइएको छ ।
विराटनगरको लङलाइफ फार्मेसी, महुली फार्मेसी, लाइफ सपोर्ट फार्मेसी, फेमिली फार्मेसी र मेडिप्लस फार्मेसीबाट यस्तो धन्दा चल्दै आएको खुलेको छ । आइसियु लगायतमा प्रयोग हुने औषधी नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिएका छन् ।
आकस्मिक उपचारका लागि जरुरी पर्ने विभिन्न ६६ प्रकारका औषधी ३ हजार ४४ थान र ९ सय ७१ बट्टा बरामद गरिएको प्रहरीले जनाएको छ । औषधी व्यवस्था विभागमा अनुसन्धानका लागि बरामद गरिएको औषधी पठाइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदिय... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६