विराटनगर/ बिहीबार विराटनगर–१४ का सुमनकुमार मण्डलको घरमा पुुग्दा उनको घरमा खुशी छाएको थियो ।
शीतल मौसममा आगन्तुुकलाई स्वागत गर्दै गर्दा भेटिएका उनी ग्यास पाइप जोड्ने प्राविधिकलाई सघाइरहेका थिए । ग्यासको पाइप उनीसँगै छिमेकी योगेन्द्र मिश्रको घरमा पनि जोडिएको थियो । मिश्रको घरमा चुलोमा ग्यास बल्यो, उनकोमा बलेन । गुनासो गर्दै भेटिएका मण्डलले सुनाए, ‘पाइपमा अक्सिजन चेक गर्न मात्र जोडिएको रहेछ, अब चाहिँ नियमित बल्ने भयो ।’
नेपाल उर्जा विकास कम्पनीको सहयोगमा विराटनगर–१४ जतुवाका ३२ घरधुरीमा ग्यास पाइप जोडिएको हो । स्थानीय श्रीकृष्ण गौ सेवा समितिले सामुुदायिक स्तरबाट वैकल्पिक उर्जा जडान गरेको हो । ८५ घरधुरीलाई लक्षित गरी १ वर्ष अघि थालिएको योजना बल्ल सञ्चालनमा आएको छ ।
कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठका अनुसार बिहीबारदेखि पूर्ण रूपमा ग्यास बल्न थालेको छ । ३२ घरले बिहीबार बेलुकादेखि पाइपमार्फत् आएको ग्यासमा खाना पकाउन शुरु गरेका छन् । प्राविधिक श्रेष्ठका अनुसार गौशालामा ग्यास च्याम्बर बनाई वैकल्पिक इन्धन उत्पादन गरिएको हो ।
यसअघि ससाना प्रोजेक्ट सञ्चालन गरेको कम्पनीले यसपटक भने ठूलो क्षेत्रमा हात हालेको पहिलो भएको उनले जानकारी दिए । उनले विराटनगरको सो प्रोजेक्ट १ वर्ष अघि देखि सञ्चालनमा रहे पनि विविध कारणले अघि बढ्न नसकेको बताए । पहिलो चरणको काम सम्पन्न भइसकेको हुँदा दोस्रो चरणको काम अब चाँडै शुरु हुने उनको भनाइ छ ।
गौशाला समितिले स्थानीय ८५ घरमा प्रोजेक्ट सञ्चालन गर्न लागेको हो । अब दोस्रो चरणअन्तर्गत बाँकी घरमा ग्यास पाइप जडान हुने श्रेष्ठले जानकारी दिए । उनले सर्वसाधारणले हाल उपयोग गर्दै गरेको एलपी ग्यासको मूल्यभन्दा सो ग्यास ३ सय रुपैयाँ सस्तो पर्ने जानकारी दिए ।
ग्याससँगै मल पनि
गाौशाला समितिले इन्धन उत्पादनमात्र नभएर कम्पोस्ट मलसमेत बनाउने गरेको छ । समितिका व्यवस्थापक सन्तोष यादवले इन्धन बनाउन आवश्यक पर्ने गोबरको ठोस पदार्थलाई कम्पोष्ट मल बनाउन च्याम्बर तयार पारिएको बताए । उनले ग्यास प्लान्टबाट बाहिर निस्किएको मललाई सिधै च्याम्बरमा राखिने र त्यहाँ किराको प्रयोग गरेर गोबर कुहाउने गरिएको जानकारी दिए । त्यसलाई ९० दिनपछि कम्पोष्ट मल बनाउने र बजारमा बिक्रीका लागि पठाइने गरिएको यादवले बताए ।
२ सय ५ गाई गौशालामा
२०४२ सालमा स्थापना भएको गौशालामा हाल २ सय ५ गाई रहेका छन् । ५ सय गाई राख्ने क्षमता भएको गौशालामा भएको गोबरको उत्पादनले मात्र पनि २ सय घरधुरीलाई पुुग्ने ग्यास निस्किने प्राविधिकको भनाइ छ ।
करिब ३ बिघा क्षेत्रफलमा फैलिएको गौशालामा उमेर पुुगेका पाका गाई ल्याउने गरिएको छ । तिनै गाईको मलमूत्रलाई उपयोग गरेर वैकल्पिक ऊर्जा निकालिएको हो ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेको बेला उनको सोच सुनेपछि गौशाला समितिले पाइपबाट घरघरमा ग्यास पुु¥याउने योजना बनाएको थियो । प्रधानमन्त्रीको सोच आफ्नो गौशालमा लागू गर्ने सोच समितिले त्यसबेला बनाएको थियो । बोर्डमा कुरा उठे पनि सबैले यसमा सहमति जनाएको यादवले बताए ।
कुनै दातृ संस्था खोज्दै जाँदा नेपाल ऊर्जा विकास कम्पनीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि यो कार्यले मूर्त रूप पाएको उनले जानकारी दिए ।
अब एलपी ग्यास अभाव हुुँदा बायोग्यास जोडिएका यी घरपरिवारलाई कुनै समस्या हुने छैन । एक वर्षसम्म कम्पनीले प्राविधिक सहयोग पनि गर्ने हुँदा सो समयमा स्थानीय प्राविधिक तयार पारिदिने कम्पनीको योजना छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदिय... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६