सप्तकोशीको जेटबोट भन्दा तालतलैयाको मोटरबोट १५ गुणा सस्तो बाह्रैमास सञ्चालन गर्न ४ मोटरबोट चालक तयार

  • प्रकाशित मितिः श्रावण 18, 2075
  • विराट अनुपम
  • 1048 पटक पढिएको

इटहरी/ प्रदेश १ को सप्तकोशी नदीमा व्यावसायिक रूपमा सञ्चालित जेटबोट हाल बाढीको कारण बन्द छ । तर, इटहरीको तालतलैयामा भने जेटबोटको तिर्खा मेट्न मोटरबोट सञ्चालनमा आएको छ । प्रदेश १ को केन्द्रीय सहर इटहरीमा रहेको तालतलैयाको मोटरबोट सप्तकोशीको जेटबोट भन्दा सस्तो भएपछि भीड बढ्न थालेको छ । सप्तकोशी जेटबोटले आउजाउ गरेको १ हजार ५ सय रुपैयाँसम्म लिने गरेकोमा तातलैयाको मोटरबोटले भने १ सय रुपैयाँ मात्रै लिँदै आएको छ ।

सप्तकोशीको जोखिमपूर्ण यात्रा र लामो रुट अनि लगानी भएकाले १ हजार ५ सयसम्म लिने सञ्चालकहरूको तर्क छ । तर इटहरीको तालतलैयाको मोटरबोट सञ्चालकहरू भने महँगोमा केही टिकट बेच्ने भन्दा सस्तोमा धेरै टिकट बेचेर सर्वसाधारण र सञ्चालकहरूलाई सहज बनाइने बताउँछन् । तालतलैया व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर लिम्बू भन्छन्, ‘हामीले प्रदेश १ कै पहिलो व्यावसायिक मोटरबोट सञ्चालनमा ल्याएका छौँ । यो महँगो भएमा धेरैले चढ्न पाउँदैनन् । त्यही भएर हामीले १ सय मात्रै लिने निर्णय गरेका छौँ ।’ सहुलियतमा सञ्चालन भएको मोटरबोट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफैँ चढेर उद्घाटन गरेका थिए ।

इटहरीको वडा नम्बर २ र ३ मा फैलिएको पर्यटकीय जलाधार क्षेत्र तालतलैयामा शनिबारबाट सञ्चालनमा आएको मोटरबोट १० सिट क्षमताको छ । व्यवस्थापन समितिका अनुसार मोटरबोटले ५ मिनेटसम्म तालतलैया क्षेत्रमा एक फन्को लगाउँछ ।

न्यूनतम ४ फिट गहिरो पानीमा सञ्चालन गर्न सकिने मोटरबोटका लागि तालतलैया क्षेत्रको प्राकृतिक पानी उपयुक्त भएको मोटरबोट चालक धनबहादुर पाण्डेले बताए ।

मोटरबोट चलाउन ४ चालकको ब्याकअप
सामान्यतया जलमार्गमा चल्ने सवारी चालकहरूको अभाव नेपालमा छ । अरू त अरू सप्तकोशीमा जेटबोट चलाउने चालकहरू पनि जम्मा २ जना मात्रै छन् । तर, इटहरीमा भने मोटरबोट चलाउन ४ चालकहरूको ब्याकअप राखिएको छ । बिशुधन राई, धनबहादुर पाण्डे, लली दाहाल र प्रकाश राई मोटरबोट चलाउन जान्ने चालकहरू रहेका छन् ।

व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर लिम्बूका अनुसार कुनै एक चालक काम विशेषले अनुपस्थित हुँदा चालक अभाव नहोस् भनेर ४ चालकको ब्याकअप राखिएको हो । उनी भन्छन्, ‘जनशक्तिकै अभावले कसैले पनि मोटरबोट चढ्नबाट विमुख नहुनु परोस् भनेर यसो गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६