स्नोकर च्याम्पियनसीप शुरु

  • प्रकाशित मितिः श्रावण 18, 2075
  • मधेश स्पेशल
  • 1257 पटक पढिएको

इटहरी/ दोस्रो पूर्वाञ्चलव्यापी स्नोकर च्याम्पियनसिप बिहीबारदेखि इटहरीमा शुरु भएको छ । प्रतियोगिता १ हप्तासम्म सञ्चालन हुने आयोजक सिटी हेल्थ क्लब एण्ड स्नोकर हाउस अफ कार्की ब्रदर्सले जनाएको छ ।

प्रतियोगितामा ५४ जना खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजक संस्थाका श्याम कार्कीले बताए । यो संख्या अघिल्लो प्रतियोगिताको भन्दा बढी हो । कार्कीका अनुसार अघिल्लो प्रतियोगितामा ४४ जना खेलाडी सहभागी थिए । प्रतियोगिता बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने उनले बताए । प्रतियोगितामा इटहरीका साथै बिर्तामोड, दमक, धरान, विराटनगर र बेलबारीका खेलाडीले प्रतिष्पर्धा गरिरहेको कार्कीले बताए ।

उनका अनुसार प्रतियोगितामा पहिलो हुने खेलाडीले ४० हजार नगदका साथमा ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछ भने दोस्रो हुनेले २० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । क्वार्टर फाइनलमा पुग्ने ८ जना खेलाडीले पनि ५ हजार रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने कार्कीले जनाए ।

जुनियर खेलाडीको हौसला बढाउन ५० प्रतिशत कम दर्ता शुल्क लिएर खेल्ने अवसर दिइएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६