तथ्यांकमा काेराेना भाइरस - COVID - 19

दाजुले बहिनीलाई भगाएर गरे प्रेम विवाह राखी बाधेर भाईसँग रक्षाको लागि अशिर्वाद माग्ने बहिनीलाई नै प्रेम जालमापारी भगाएकोले चर्चाको विषय

  • प्रकाशित मितिः मंसिर 8, 2075
  • रोयाण्टर मण्डल
  • 45335 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / दाजुले बहिनीलाई भगाएर प्रेम विवाह गरेको सुन्दा जो कोहीलाई आश्चर्य लागन सक्छ । सिरहाको नरहा गाउँपालिका वडा नम्बर २ पानबारीमा आफनै हजुर आमाको भाईको नातिनीलाई (  नाताले काकाको छोरी अर्थात बहिनी पर्ने ) लाई भगाएकोे छ ।

जुन भाईलाई हातमा रक्षा बन्धन पर्वमा राखी बाधेर भाईसँग रक्षाको लागि अशिर्वाद माग्ने बहिनीलाई नै प्रेम जालमापारी भगाएकोले चर्चाको विषय बनेको हो ।

असाेज २८ गते बुधवार घरबाटै छोरी आशा कुमारी मण्डललाई संजित मण्डलले भगाएपछि आफुहरु धेरै दुखित भएका छौ । आफनै हाड नातामा यस्तो सम्बन्ध समाजिक परम्परा अनुसार कसरी स्वीकारने । हाम्रो जातिमा मात्रै होईन सम्पूर्ण मिथिला संस्कारले पनि मान्दैन तर दुवै जना भागेर हामीलाई कलङकीत मात्रै बनाएन प्रतिष्ठा माथी प्रश्न चिहन खडा गरेको कुरा केटीका आमा जसो देवि मण्डलले पत्रकार सम्मेलनमा दुखेसो पोखिन् ।

उनले थप्दै रुदै भनिन् – छोरीले हामीलाई नै धम्की दिएको आरोप समाजिक संजाल मार्फत लगाएकी छिन् । जब कि हामीलाई उनीहरुको सम्र्पक नम्बर र बसेको ठाउँ समेत थाहाँ नभएपछि जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलमा छोरीलाई खोजिदिन निवेदन दिएका छौ । छोरीलाई भगाएकै दिन केटाको परिवारसंग  समान्य झगडा भएपछि समाजमा मिलापत्र पनि भईसकेको छ । तर त्यही निहुमा विभिन्न प्रकारका आरोप प्रति आरोप लगाई रहेका छन् ।

समाजिक संजालको विहे फिल्मी नौट्ङकी मात्रै हो । उमेर पुगेका छन् भने अदालतमा गएर विहे गरोस् । केटाको चरित्र गाउँमै पहिले देखि बदनाम रहेको आरोपहरु छन् । त्यसलै अदालती विहेको हामी बाधक छैनौ । तर फेशबुके बिहेको बहाना गरेर केटीलाई भुमिगत राखेको छ । मानव अधिकारवादी र संचारकर्मीहरुलाई गाउँमै अाएर सत्य तथ्य वुझि समाचार प्रकाशन गर्न समेत आग्रह गर्दछुु ।


कुनै पनि हालतमा हामी उनीहरुलाई स्वीकार गर्दैनौ । उनीहरुकै कारण गाउँमै बदनाम भए । आफनै हाड नाता हो । आमाको भाईको छोराको छोरी हुन । भागेपछि विभिन्न प्रकारको यातना भोगे उनीहरु बिहे गरेपनि आफु घरमा बस्न नदिने केटाको वुवा लक्ष्मण मण्डलको अडान रहेको छ ।

यता संजित मण्डलको मोबाईलको नम्बर नभएपछि फेशबुक म्यासेन्जरबाट नम्बर मांग गर्दा पनि मोवाईल नम्बर नदिएपछि कुरा हुन सकेको छैन् । (बांकी समाचार संजित मण्डलको प्रतिक्रिया सहित मधेश स्पेशल साप्ताहिकमा पढ्नु होला । )

यस प्रेम विबाहमा समाजिक संजालमा आएको प्रतिक्रिया जस्ताको त्यस्तै

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक डाउन सुखीपुरमा प्रभाव विहीन हुदै

रोयाण्टर मण्डल लहान / सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि  शुरू गरेको लक

सुखीपुर नगरपालिकाद्धारा नगरबासीलाई साबुन वितरण

रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालीकाका सम्पुर्ण नगरबासीलाई साबुन वितरण गरेको छ । कोरोना भाईरस

सुखीपुर नगरपालिकामा विद्यालयको भवन बन्यो ‘क्वारेन्टाइन’

रोयाण्टर मण्डल लहान/ सुखीपुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाईन स्थल व्यवस


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६