राज्य मन्त्री मण्डलको जन्मदिनमा बृक्षारोपण राज्य मन्त्री मण्डलद्वारा जन्मदिनमा बृक्षारोपण

  • प्रकाशित मितिः मंसिर 12, 2075
  • 1512 पटक पढिएको

जनकपुर धाम / प्रदेश न २ का उद्योग, पर्यडन, बन तथा वातावरण राज्य मन्त्री माननिय सुरेशकुमार मण्डलले मंगलवार जन्मदिनको अवसरमा बृक्षारोपण गरेको छ । जनकपुर स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल संकट मोचन मन्दिर र मणीमण्डपमा बिशेष पुजा अर्चना गरी दुबै स्थानमा रुद्राक्षको बिरूवा रोपेर जन्मदिन मनाउनुभयो ।


जन्मदिनकै अबसरमा संकटमोचन मन्दिरमा मन्दिरको प्रागंनमा पलाष्टिक झोलालाई निरूत्साहन गर्नुपर्छ र कपडाको झोला प्रयोगमा ल्याउनुपर्छ भनी सन्देश प्रवाह गरेका छन। सो कार्यक्रममा राज्यमन्त्री मण्डलले कपडा झोललााई प्रोत्साहन गर्न कपडा झोला बितरण तथा प्रदर्शन गर्नुभयो ।

उक्त कार्यक्रममा सामाजिक अभियन्ता एंब प्रदेस सभा सदस्य माननीय राम असिष यादबको समेत उपस्थिति थियो । ज्यमन्त्री मण्डल र सांसद यादवले संयुक्त रुपमा जनकपुर स्वच्छता अभियानको सुचनामुलक होर्डिगं बोर्ड समेत गाडेका थिए ।

त्यसैगरी कार्यक्रममा सामाजिक तथा सरसफाई अभियन्ता सुरेश शर्मा, अमरचन्द्र अनिल, लगायत युवा अभियानीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६