कर्जन्हामा जारि प्रथम मेयर कपको फाइनलमा बाराको जित बारा ११ ले सुनसरी इनर्वालाई ३/२ ले पछि पार्दै जित हात पारे

  • प्रकाशित मितिः मंसिर 12, 2075
  • 1415 पटक पढिएको

सरोज कुमार पासमान
कर्जन्हा । कर्जन्हा नगरपालिकामा जारि प्रथम मेयर कप फुटबल प्रतियोगितामा बारा ११ ले सुनसरी इनर्वालाई ३/२ ले पछि पार्दै जित हात पारेको हो ।
कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानको अध्यक्षतामा भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको
पहिलो हाफको ३२ र ३७ औ मिनेटमा दुई गोल गर्दै बाराले इनर्वा माथि दवदवा कायम गरेका थिए । भने बाराले एक गोल आत्मधाती खाएपछि एक गोलको मात्र अग्रता रहेपछि दोश्रो हाफमा पुनः बारा र इनर्वाले समेत एकएक गोल गरेपछि निर्धारित समय समाप्त भए पछि सनसनिपुर्ण जित बाराको भएको रेफ्रि राजिव यादवले जानकारी दिए ।
इनर्वाले पटकपटक गोल गर्ने मौका पाएपनि गोल हान्न नसकेकाले बाराको जित भएको हो । अन्य टिम भन्दा मेहनति र अनुसासित बारा नै देखिएकाले उनको जित भए पनि इनर्वाको प्रदर्शन फाइनलमा राम्रो देखिएको रेफ्रि यादवले बताए ।
मंसिर ५ देखि सुरुभएको प्रतियोगितामा प्रदेश १ र दुईका ८ टिमको सहभागिता रहेको थियो । छ टिमलाई पछि पार्दै७लदकउस बारा ज्ञज्ञ र सुनसरी इनर्वाले कडा प्रतिशपर्धा गर्दै फाईनलका लागि स्थान सुरक्षित गरेका थिए ।
प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११ रुपैया र शिल्ड रहेका थिए भने दोस्रो पुरस्कार ५१ हजार १ सय १ रुपैयाँ रहेका थिए । फाइनल प्रतियोगिताको म्यान अफ द म्याच बारा ११ का मनोज चौधरीलाई प्रदान गरिएको स्थानीय यूवा नेता जितेन्द्र यादवले जानकारी दिए ।
समृद्ध नेपाल, सुखी नेपाली नारालाई सफल पार्न र विश्वको ठाउँठाउँमा नेपालको पहिचान खेलकुदबाटै दिन खेलकुदमा लगानी आवश्यक रहेको पुर्व कानुन मन्त्री अजय संकर नायकले बताउनुभयो ।
कर्जन्हा नगरपालिकालाई नमुना नगरपालिका बनाउनका लागि यश प्रकारको प्रतियोगिता अति आवश्यक भएको बताए । बिकासका लागि सबै एकमत भएर कर्जन्हालाई नमुना बनाउन उहाँले सबै संग आग्रह समेत गरे ।?दचश्र
नगरपालिकामा यस प्रकारको प्रतियोगितामा दिनरात समय दिएर सफल बनाएका आयोजक टिम, खेलाडी, नगरवासि लगायत सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद दिदै कार्यक्रमका अध्यक्षता गरेका नगर प्रमुख पासमानले भने, अब नगरपालिकामा विकासको पालो आएको छ । समाजमा रहेका अनेक विकृतिबाट जोग्न, अनुसासितहुन, लागू औषध जस्ता अनेक नकारात्मक कृयाकलापबाट छुटकारा दिलाउन खेलकुदको आयोजना गरिएको बताए ।
हामी लग्तै कर्जन्हामा समेत प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता गर्ने छौं । जसमा प्रदेशभरीकै यूवा खेलाडीहरुको सहभागीता हुनेछ र असल खेलाडीको समेत चिनारी हुन्छ । देश विदेशमा खेलबाट नेपालको पहिचान छुट्टै बनाउनुपर्ने आवश्यकता रहेकाले यश प्रकारको प्रतियोगिताहरुको आयोजना गरिएको नगर प्रमुख पासमानले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६