लक्ष्मीपुर पतारीमा योग शिविर शुरु स्वास्थ्य जिवनको लागि ब्याम जरुरी भन्ने नाराको साथ पाँच दिने योग तथा ध्यान शिविरको आयोजना

  • प्रकाशित मितिः मंसिर 13, 2075
  • 796 पटक पढिएको

विकी गुप्ता
सिरहा । स्वास्थ्य जिवनको लागि ब्याम जरुरी भन्ने नाराको साथ पाँच दिने योग तथा ध्यान शिविरको आयोजना गरिएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ रामपुर प्रिपामा सयौं जनाको सहभागीमा योग तथा ध्यानसम्बन्धी जानकारी दिन आईतवार देखि शिविर सञ्चालन गरिएको हो ।
शिविरमा गाउँलेहरुले विहान ५ बजे देखि नै सक्रिय सहभागिता जनाएको योग प्रशिक्षक जिल्ला पतंजली योग जिल्ला कार्य समितिका अध्यक्ष विपी चौधरी बताए । उनका अनुसार पर्याप्त हल नहुँदा सहभागीहरुलाई नव र्निमित स्वास्थ्य चौकीको कम्पाण्डमा योग सिकाइएको छ । सकारात्मक सोचको विकास गर्न शिविरको आयोजना गरिएको उनको भनाइ छ । योग र ध्यानले दैनिकीमा परिवर्तन आउन थालेको आयोजक मनोकामना वचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष चन्देश्र साहले बताए ।
उनका अनुसार शिविरकै क्रममा देखाएको सक्रियता उदाहरणीय थियो । उनका अनुसार बिहानै उठेर नियमित योगा र ध्यान गर्न थालेका छन् । योग शिविरको उद्घाटन कार्यक्रममा लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष राम बलव साह र वडा अध्यक्ष मनिक लाल यादबको प्रमुख अतिथ्यमा योग शिविरको शुरुवात भयो ।
योग र ध्यानले स्वास्थ्य समस्या हल हुने आशा रहेको छ । योग प्रशिक्षक चौधरीले योगले उनीहरूमा सकारात्मक सोच ल्याउने र दीर्घ जीवनका लागि सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६