फोहर विसर्जनले सुखीपुरको रामजानकी पोखरीमा महामारी फैलिने फोहर समान लागयतका काम नलागने समानहरु फाल्नाले श्री रामजाकी पोखरीमा नुहाउने व्यक्तिलाई महामारी फैलिने सम्भावना

  • प्रकाशित मितिः मंसिर 13, 2075
  • रोयाण्टर मण्डल
  • 802 पटक पढिएको

मधेश स्पेशल समाचारदाता
सिरहा / सिरहाको सुखीपुर बजार क्षेत्र भित्रको सबै फोहर पौराणिक पोखरीमा विसर्जन गर्नाले पोखरीको धार्मिक आस्थामा कमि आउनुको साथै महामारी फैलिने भन्दै स्थानीय चिन्तित भएका छन् ।
सुखीपुर नगरपालिका वडा नं. ८ स्थित बजारको फोहर पानी, खाली शिशी, कपडा, कपास, फोहर समान लागयतका काम नलागने समानहरु फाल्नाले श्री रामजाकी पोखरीमा नुहाउने व्यक्तिलाई महामारी फैलिने सम्भावना देखिएको छ ।
महामारी फैलिने डरले उक्त पोखरीमा नुहाउन धेरैले छाडेका छन । कतिलाई त छाला सम्वन्धि रोग त कतिलाई अन्य अन्य रोग लागेपनि सम्वन्धित निकाय मौन भएर वसेको नाम नखोल्ने र्शातमा एक स्थानीयले गुनासो गरेको छ ।
चैती छठ महोत्सव समितिका अध्यक्ष तथा वडा सदस्य महेश साहले यस्ता धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्वको पोखरी लगायत अन्य सर्वजनिक स्थलमा फोहर फाल्ने व्यक्ति होस वा संस्था दोषी ठहरिए कारबाही गरिने बताए ।
फोहर व्यवस्थापनसम्बन्धी ऐन २०६८ र नियमावली २०६९ मा आफैँ फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । फोहोरमैला व्यवस्थापन ऐन ०६८ को परिच्छेद् ९ को दफा ३९ बमोजिम अस्पतालजन्य फोहोरको व्यवस्थापनमा हेलचेक्र्याइँ गर्नेलाई ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
फोहरमैला व्यवस्थापन ऐन, २०६८ को परिच्छेद ९ को दफा ३८ को खण्ड (ञ) बमोजिम जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने वा निष्काशन गर्नेलाई तीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ भने सोही ऐनको दफा ३८ को खण्ड (ट), (ठ) र (त) बमोजिम स्थानीय निकायले पचास हजार रुपैयैयादेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
त्यस्तै स्थानिय वुद्धिजिविहरुका अनुसार वातावरण र मानव स्वास्थ्यका लागि स्वास्थ्य संस्थाका फोहर घातक हुन्छ । स्वास्थ्य संस्थाबाट संक्रमणात्मक फोहर निस्कने हुँदा त्यसले थप खतरा रहेको वताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६