रक्तदान कार्यक्रम सम्पन्न रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान

  • प्रकाशित मितिः मंसिर 14, 2075
  • 989 पटक पढिएको

राम नारायण पंडित

सिरहा । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया नगरपालिकाको संयुक्त आयोजनामा आज (शुक्रबार) भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

सिरहाको मिर्चैया लगायतका स्थानहरुमा रगतको अभाबले रोगीहरुको ज्यान गुमाउनु परिरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साहले जानकारी दिए । रेडियो धड्कनबाट अहिले सम्म २ सय जनाभन्दा बढी बिरामीहरुलाई आबश्यक्ता भएको बेला रगत उपलब्ध गराउन भनी सिफारिस गरि पठाईएको निर्देशक साहले बताए ।


नेपाल रेडक्रस सोसाईटी सिरहा शाखामा रोगीहरुको लागी चाहिने रगतको अभाव भएकोले जिल्लामा सक्रिय रहेका बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयेजना गरिरहको नेपाल रेडक्रस सोसाइटी सिरहाले जनााएको छ ।

रक्तदान गर्नेहरुमा रेडियोका प्रबन्ध निर्देशक अंजय कुमार साह, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, बडा नं. ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, ईन्जिनियर राजेश कुमार साह, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र भण्डारी रहेका छन् ।


त्यसैगरी, धनन्जय महतो, बिजय महतो, बिपिन कुमार साह, बिनोद कुमार महरा, अनरुद नायक, मुकेश कुमार यादब, राम नारायण पंडित, सुधिर साह, रंजय महरा, मोहन साह सोनार, बिष्णु कुमार चौधरी, जिबछ कुमार यादब, रमेश कुमार साह, संजिप कुमार साह, अनिल कुमार झा, जितेन्द्र कुमार साह, सुजन पोखरेल, ममता साह, रबिन्द्र यादब, राजन पोखरेल, प्रकाश कुमार साह, संतोष कुमार साह, श्रीराम महरा र दिनेश साहले रक्तदान गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६