लघुवित्तलाई ग्रामीण क्षेत्रमा जान प्रधानमन्त्रीको आग्रह देश विकास र गरीबी निवारण अभियानमा सहभागी हुन लघुवित्त संस्थालाई अपिल

  • प्रकाशित मितिः मंसिर 15, 2075
  • रासस
  • 654 पटक पढिएको

काठमाडौँ, १५ मङ्सिर (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र गरीबी निवारण अभियानमा सहभागी हुन लघुवित्त संस्थालाई अपिल गर्नुभएको छ । 

आजदेखि यहाँ शुरु भएको दोस्रो लघुवित्त सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शहरी र चक्रपथभित्रभन्दा पनि ग्रामीण क्षेत्रमा लघुवित्त संस्था जानुपर्छ ।” 

प्रधानमन्त्री ओलीले लघुवित्त न्यून आय भएका र गरीब जनताको हितका लागि स्थापना भएको संस्था रहेको बताउँदै “महङ्गो ब्याजमा पैसा लगाउने लघुवित्त हुन सक्दैनन्, सञ्चालकको रुचि होइन, लक्षित समूहको हित हेर्नुपर्छ, उनीहरुलाई सेवा दिनुपर्छ”, भन्नुभयो । 

सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघुवित्तको ठूलो योगदान हुने बताउँदै उहाँले साना लगानीबाट ठूला उद्यम भएका उदाहरण थुप्रै छन् भन्नुभयो । 

प्रधानमन्त्री ओलीले सुगमदेखि दुर्गमसम्मको सहभागिता रहेकाले लघुवित्तका सदस्य समृद्ध र सुखी भए गरीबीको समस्या आधा हल हुने विश्वास व्यक्त गर्दै लघुवित्तको विकासलाई बाधा पर्ने कुनै कानून भए सरकार संशोधन गर्न तयार रहेको बताउनुभयो । 

“कुन कारणले कसरी अप्ठ्यारो परेको छ, सम्मेलनबाट सुझाव दिनुहोस्”, उहाँले भन्नुभयो, “सरकार लघुवित्तलाई सहयोग गर्न बसेको छ ।” 

प्रधानमन्त्री ओलीले विभिन्न षड्यन्त्रबाट आएका शासकबाट जनता लामो समय शासित हुनुपरेकाले विकास हुन नसकेको उल्लेख गर्दै अहिले मुलुकमा स्पष्ट दृष्टिकोण र जनताको माया गर्ने सरकार रहेको धारणा व्यक्त गर्नुभयो । 

ठूला अन्तर्राष्ट्रिय सम्मेलन भएको, दुवै छिमेकीसँगको सम्बन्ध सन्तुलित भएको उल्लेख गर्दै उहाँले मुलुक तीव्र्र विकासको गतिमा अघि बढेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले विगतदेखि नै पूरा गर्नसक्ने कुरा मात्र आफूले बोल्ने गरेको उल्लेख गर्दै आफूले बोलेका कुरा समय क्रममा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६