कर्जन्हा नगरपालिकामा असहाय गरिब बिरामीलाई निः शुल्क उपचार कर्जन्हा नगरपालिका र फुल कुमारी महतो मेमोरियल हस्पिटल बिच सहमति

  • प्रकाशित मितिः माघ 10, 2075
  • रोयाण्टर मण्डल
  • 1303 पटक पढिएको

सरोज कुमार पासमान
कर्जन्हा, १० माघ । असहाय गरिब बिरामीको सहयोगका लागि समिति निर्माण र कोष खडा गर्ने कर्जन्हा नगरपालिका र फुल कुमारी महतो मेमोरियल हस्पिटल बिच सहमति भएको छ ।
बिहीबार फुल कुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाको मेडिकल डाइरेक्टर डा शिव शंकर साहको अध्यक्षतामा वसेको बैठकमा कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमान लगायत विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियोे ।


लामो समय देखि बन्द रहेको आमा तथा नवजात शिसु सुरक्षा कार्यक्रम संचालन गर्न विभिन्न बुँदामा सहमति भएको छ । नरमल डिलेभरि निस्शुल्क गर्ने, अप्रेसन गरेर बच्चा निकाल्दा निस्शुल्क गर्ने, साधारण डिलेभरिमा २४ घण्टा र बढी ग्रसित डिलेभरिमा ४८ घण्टा बेड चार्ज निःशुल्क गर्ने र गरिब असहाय व्यक्तिहरुको लागि सके सम्म निस् शुल्क उपचार गर्ने लगायतका विभिन्न विषयहरुमा सहमति भएको नगर प्रमुख गंगा पासमानले जानकारी दिए ।


हामीले सकभर गरिब असहाय व्यक्तिहरुलाई निस् शुल्क उपचार गर्नका लागि ९ सदस्य समिति समिति समेत बनाएका छौ । त्यसमा नगरपालिकाको तर्फबाट ५ जना र फुल कुमारी महतो मेमोरियल हस्पिटलबाट ४ जना गरि ९ जनाको समितिले वास्तविक गरिब दलित पहिचान गरि सहजरुपमा उपचारको व्यवस्था मिलाउने प्रमुख पासमानले बताए । ९ सदस्य समितिमा मेडिकल डाइरेक्टर डा। साह, वडा अध्यक्ष प्रकाश अधिकारी, कपिल यादव, कपिलेश्वर यादव, वहादुर महरा लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।


नगरपालिका र फुल कुमारी महतो मेमोरियल हस्पिटल बिच सुमधुर व्यवहार रहोस् आम जनताले गाउँमै रहेको सुविधा सम्पन्न अस्पतालमा उपचार गराइ स्वास्थ्य रहोस भन्ने हाम्रो प्रमुख चाहना रहेको फुल कुमारी महतो मेमोरियल हस्पिटलका मेडिकल डाइरेक्टर डा। शिव शंकर साहले बताए ।
उनले भने, जनतालाई सेवा दिन हामी धेरै विषयमा नगरपालिका संग सम्झौता गर्न तैयार रहेकोले कर्जन्हावासिले छिटै स्वास्थ्य सम्बन्धमा राहत महसुस गर्ने डाइरेक्टर साहले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६