पोखरी विबादमा ५ राउण्ड गोली चल्यो, ११ जना घाईते ५ राउण्ड हवाई फायर र लाठी चार्ज

  • प्रकाशित मितिः फाल्गुन 4, 2075
  • रोयाण्टर मण्डल
  • 1586 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा, ४ फागुन / सुखीपुर नगरपालिका २ स्थित विद्यानगरमा रहेको सिकिया पोखरीलाई लिएर दुई समुदायबीच भएको झडपको कारण दर्जनो घाईते भएपछि झगडा उग्र रुप लिदै भएकोमा नियन्त्रण गर्नको लागि प्रहरीले ५ राउण्ड हवाई फायर र लाठी चार्ज समेत गरेर घटनालाई नियन्त्रमा लिएको छ ।

सिकिया मण्डलको आफन्त शुशिल मण्डलको स्वामित्वमा भएको पोखरी सुखीपुर नगरपालिकाले ठेक्का लगाएपछि मण्डल पक्षले आफनो पोखरी रहेको भन्दै नगरपलिकामा उजुरी र अदालतमा समेत आफनो पोखरी हो भन्दै मुदा दिएको पोखरीमा मछा मार्न गएपछि ठेक्कादार पक्षले रोकेपछि दुई पक्षिय विबाद भएपछि दर्जनौ घाईते भएपछि हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय सिरहाका इस्पेक्टर शेस्क थानेदारले बताउनुभयो ।
उहाँले थप्दै भन्नुभयो– अदालतमा रहेको मुदालाई नगरपालिकाले ठेक्का लगाएपछि यस्तो घटना घटन गएको छ । यसको जवाफ नगर प्रमुखसँग शोध्नु ? हामी सुरक्षा दिन र झगडा हुन नदिन आएका छौ । अरु कुरा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवतासगँ शोध्नु ?

यता झगडा भएपछि पोखरी दावी गर्ने पक्षको ९ जना र ठेक्का पक्षको २ जना घाईते भएको छ । घाईते हुनेहरुमा पोखरी दावी गर्ने पक्षको भरोषी मण्डल, सकल मण्डल, दिनेश मण्डल, शुनिल मण्डल, मिन्टु मण्डल, विष्णु मण्डल, विनोद मण्डल, राम बाबु मण्डल र श्याम कुमार मण्डल रहेको छ भने ठेक्का पक्षका श्री नरायण यादब र ठेकेदार रमेश कुमार यादब रहेको छ । घाईतेहरुको उपचार सुखीपुर पोलिक्लिनिकमा भईरहेको ईलाका प्रहरी कार्यालय सुखीपुरका सई सिकिन्द्र साहले बताउनुभयो ।

अहिले शान्त छ । गाउँमा झगडा हुन नदिन रातमा पनि प्रहरी तैनाथ रहने छन् । दुवै पक्षले शान्त वतावरण बनाएर त्रासमय रहेको गाउँ शान्त बनाउन उहाँले आग्रह भन्नुभयो । 

(थप समाचार मधेश स्पेशल साप्ताहिकमा)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६