माछा मार्ने विषयमा घाईतेभएकाहरुकालाई सुखीपुरमा उपचार सम्भव नभएपछि लहान र विराटनगर लगियो सुखीपुरमा उपचार सम्भव नभएपछि लहान र विराटनगर लगियो

  • प्रकाशित मितिः फाल्गुन 5, 2075
  • रोयाण्टर मण्डल
  • 1390 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) , / सिरहामा लौरो प्रहारवाट टाउकोमा गम्भिर घाईतेहरुलाइ सुखीपुर पोलीकिल्निक सुखीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान र विराटनगर लगिएको हो ।

सुखीपुर नगरपालिका २ स्थित विद्यानगरमा रहेको सिकिया पोखरीलाई लिएर शनिवार दुई समुदायबीच भएको झडपको कारण दर्जनो घाईते भएकाहरुलाई यहाँ प्राथमिक उपचार गरेर टाका समेत लगाए दिएको र टाउमा गम्भिर चोट र रगत पनि बढी बगेकोले रिफर गर्नु परेको सुखीपुर पोलीकिल्निक सुखीपुरका अरबिन्द साहले जानकारी दिनुभयो ।

 

को को घाईते
यता झगडा भएपछि पोखरी दावी गर्ने पक्षको ९ जना र ठेक्का पक्षको २ जना घाईते भएको थियो । घाईते हुनेहरुमा पोखरी दावी गर्ने पक्षको भरोषी मण्डल, सकल मण्डल, दिनेश मण्डल, शुनिल मण्डल, मिन्टु मण्डल, विष्णु मण्डल, विनोद मण्डल, राम बाबु मण्डल र श्याम कुमार मण्डल रहेको छ भने ठेक्का पक्षका श्री नरायण यादब र ठेकेदार रमेश कुमार यादब रहेको थियो ।

 

रिफर कहाँ
सकल मण्डल, दिनेश मण्डल र शुनिल मण्डल लहान स्थित रहेको रामकुमार उमाप्रसाद मुरारका अस्पतालमा भए रहेको छ भने श्री नरायण यादब रमेश चन्द्र यादबको विराट नगर स्थित नोबेल होस्पििटलमा उपचार भए रहेको  ईलाका प्रहरी कार्यालय सुखीपुरका सई सिकिन्द्र साहले बताउनुभयो ।

 

झगडाको किन
सिकिया पोखरीलाई लिएर दुई समुदायबीच शनिवार भएको झडप उग्र रुप लिदै भएकोमा नियन्त्रण गर्नको लागि प्रहरीले ५ राउण्ड हवाई फायर र लाठी चार्ज समेत गरेको थियो ।

सिकिया मण्डलको आफन्त शुशिल मण्डलको स्वामित्वमा भएको पोखरी सुखीपुर नगरपालिकाले ठेक्का लगाएपछि मण्डल पक्षले आफनो पोखरी रहेको भन्दै नगरपलिकामा उजुरी र अदालतमा समेत आफनो पोखरी हो भन्दै मुदा दिएको र नापी कार्यालय टोली समेत निर्णय दिई सकेकोले पोखरीमा मछा मार्न गएपछि ठेक्कादार पक्षले रोकेपछि दुई पक्षिय विबाद भएपछि दर्जनौ घाईते भयो । घाईते भएपछि झगडा उग्र रुप लिएपछि हवाई फायर गरेकोे जिल्ला प्रहरी कार्यालय सिरहाका इस्पेक्टर शेस्क थानेदारले बताउनुभयो ।

स्थानीय सरकारका मुखिया राम औतार यादब
झगडाको विषयमा बुझ्न प्रयास भइरहेको सुखीपुर नपाका मेयर रामऔतार यादवले बताउनुभयो ।

 

प्राप्त भएका प्रमाणित कागजातहरु जस्ताको त्यस्तै

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६