रोयाण्टर मण्डल
सिरहा, ७ फागुन / माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि प्रधान मन्त्री कृषि आधुनिककिरण परियोजना कार्यान्यय ईकाई धान जोन कार्यालय धनगढी जिरोमाईलले माटो परीक्षण शिविर सञ्चालन गरेको छ ।
धान जोनले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि सुखीपुर नगरपालिका वडा नम्बर २, ३ र बरियारपट्टी गाउँपालिका ४ का किसानबाट माटो संकलन गरी सोमबार परीक्षण गरिएको छ । श्री रामजानकी प्राविधिक ब्यवसायिक कार्यालय सुखीपुर नगरपालिका २ स्थित छजनामा भएको माटो परीक्षण गर्नेमा प्रधान मन्त्री कृषि आधुनिककिरण परियोजनाको प्राविधिक सहायक फनिलाल यादबले गर्नुभएको थियो ।
खेती गरिँदै आएको ६० भन्दा बढी ठाउँको माटो ल्याई माटो विशेषज्ञबाट माटो परीक्षण गरिन थालिएको छ । निर्वाहमुखी कृषिमा निर्भर किसानलाई व्यावसायिकतर्फ उन्मुख गराउँदै आयआर्जन बढाउन यस्तो नीति रहेको छ । दिगो कृषि उत्पादनका लागि माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न उत्पादन क्षेत्रका रुपमा विकास गरिने प्र्रधान मन्त्री कृषि आधुनिककिरण परियोजना कार्यान्यय ईकाई धान जोन कार्यालय धनगढी जिरोमाईलका प्रमुख बरिष्ठ कृषि अधिकृत राजेन्द्र प्रसाद यादबले बताउनुभयो ।
माटो परीक्षण गरिसकेपछि विज्ञको सुझावअनुसार व्यावसायिक रुपमै माटोमा अनुकूल खेतीपाती लगाउन कृषकलाई सहयोग गरिने छ । परीक्षणका क्रममा माटोमा पोटास बढी नाईटोजन कम निकै कमी भएको पाइएको माटो विज्ञ ( प्राविधिक सहायक ) फनिलाल यादबले बताउनुभयो ।
माटोमा अम्लियपन बढी तथा नाइट्रोजन, पोटास युक्त मलको कमी हुँदा माटोको सूक्ष्म तत्वसमेत नाश हुँदै जान थालेको उहाँले बताउनभुयो । माटोलाई जीवित राख्नका लागि आवश्यक पर्ने खाद्य तत्वको कमी हुँदै जाँदा बिरुवाले माटोबाट आवश्यकताअनुसार खाद्यपदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जान थालेको हो ।
माटोलाई जीवित राख्दै उत्पादन बढाउनका लागि माटोको परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गर्न प्रधान मन्त्री कृषि आधुनिककिरण परियोजना कार्यान्यय ईकाई धान जोन कार्यालय धनगढी जिरोमाईलका समाजिक परिचालक रामपृत दास जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६