मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा : पुर्व प्रधानमन्त्री देउवा मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा : पुर्व प्रधानमन्त्री देउवा

  • प्रकाशित मितिः फाल्गुन २२, २०७५
  • 1046 पटक पढिएको

राजन सिंह

जनकपुर / नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा नेपालीपछि सबभन्दा बढि बोलिने मैथिली भाषालाई नेपालको दोस्रो भाषाको रुपमा संविधानमै उल्लेख गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

मैथिली विकास कोष जनकपुरधामको आयोजनामा शनिबारदेखि शुरु भएको ६ दिवसीय जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाटक महोत्सवको उदघाटन गर्दै कांग्रेस सभापति देउवाले मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा रहेको बताउंदै आफ्नो पार्टी मैथिली भाषाको विषयमा संविधानमै उल्लेख गराउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

मैथिली भाषाको ईतिहास समृद्ध रहेको चर्चा गर्दै उनले आफ्नो पार्टीले यस अघि पनि मैथिली भाषालाई नेपालको दोस्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउनका लागि पहल गरेपनि सफल नभएको चर्चा गरे ।

नेपालको हरेक क्षेत्रमा मैथिली भाषाको प्रयोग भएको बताउंदै उनले नेपालका लागि संघियता आजको आवश्यक्ता रहेको बताए । उनले भने‘ नेपालमा संघियता संस्थागत हुने क्रममा छ, अब संघियतालाई कसैले समाप्त पार्न सक्दैन ।’एक फरक प्रसंगमा बोल्दै पुर्व प्रधानमन्त्री देउवाले वर्तमान सरकार जनताको अभिव्यतिm स्वतन्त्रता , वाक स्वतन्त्रता र जनताको सुसुचित हुने अधिकारलाई कुण्ठित पारेको आरोप लगाए । उनले सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजिए लोकतन्त्र कमजोर हुने चिन्ता व्यतm गरेका छन ।

कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री एवम नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश दुईको नाम मिथिला भोजपुरा प्रदेश र भाषा मैथिली हुनुपर्नेमा जोड दिएका छन् । मिथिला भोजपुरा बाहेक अन्य नाम यो भूगोलका लागि उपयुक्त नहुने नेता नीधिले बताए । मैथिलीलाई दोस्रो भाषाको रुपमा संविधानको रुपमा उल्लेख गराउन पहिलो पटक सफल नभएपनि यो अभियान जारी नै रहेको नेता निधिले बताए ।

कार्यक्रममा सहभागी भएका नेकपाका नेता घनश्याम भुसालले मैथिली भाषा संस्कृति, कला साहित्य नेपालको साझा भाषा रहेको बताए । उनले मैथिली भाषाको ईतिहासले हामी सबै नेपालीलाई गौरवान्वित गर्दै आएको बताए ।

कार्यक्रममा राजपा नेपालका उपाध्यक्ष एवम राष्ट्रिय सभा सदस्य बृशेषचन्द्र लाल , नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्र.ढ्गाना , रामकृषण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , नेकपा नेता रामचन्द्र झा , सत्रुधन महतो सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । ६ दिवसीय जनकपुर साहित्य कला एवंम् अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तानसहित विभिन्न चार देशका नाट्य संस्थाले नाटक मञ्चन गर्ने छ ।

महोत्सवमा मैथिली भाषामा केन्द्रित भई प्रदेशको सांस्कृतिक परिचय, भाषा र जातीय विभाजनका प्रभाव, भाषा साहित्य संरक्षणमा चुनौती, मातृभाषा संस्कृति र युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामकरण, मिथिला समाजमा महिलाको सामाजिक तथा सांस्कृतिक भूमिकाबारे नेपाल–भारतका विज्ञबीच संवाद तथा छलफल समेत गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६