नाला निर्माणको माग गर्दै सडकमै धर्ना नाला निर्माणको माग गर्दै सडकमै धर्ना

  • प्रकाशित मितिः फाल्गुन 28, 2075
  • रोयाण्टर मण्डल
  • 1480 पटक पढिएको

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) / नाला निर्माण गर्न मांग गर्दै सुखीपुरका स्थानीयहरु आन्दोलित भएका छन् । जिरोमाईल बरियारपट्टी सडक खण्ड अन्तर्गत सुखीपुर नगरपालिका २ शिव चौक छजना चन्दद्रपट्टी सडकको दुवै साईडमा नाला निर्माण गर्न बारम्बार ठेकेदार र सडक विभाग लहानलाई आग्रह गर्दा पनि निर्माण नगरेकोले स्थानीयहरु बिच सडकमै धर्ना दिएका छन् ।


सडक निर्माण गर्न एक वर्ष पहिले ठेक्का लागि सकेपनि अहिलेसम्म छजनामा नाला निर्माण कार्यको सुरुवात समेत नभएपछि स्थानीयहरु नाला निर्माण संघर्ष समिति गठन गरी धर्नामा बसेका हुन् । संघर्ष समितिले आज सोमबार १० बजेदेखि बिहान ११ बजेसम्म धर्नामा बसेका छन् ।

नाला निर्माण कार्य हुने ठेक्केदारले पनि भन्दै आएको थियो । तर एकाएक नाला निर्माण कार्य रोकेकोले सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छन् । अहिले सांकेतिक हिसाबले यहाँका स्थानीय राजनैतिक दल, समाजसेवी र स्थानीयवासीहरु आज एक घण्टा सडक अवरुद्ध गरी शान्तिपूर्ण धर्नामा बसेको नेपाली कांग्रेसका युवा नेता वी.पी भुवन यादबले बताउनुभयो ।


उहाँले थप्दै भन्नुभयो– छजनामा नाला निमार्ण भएन भने गाउँ नै डुवानमा पर्ने भएकोले जनताहरु आक्रोशित छन् । त्यसै कारणले चरणबद्ध आन्दोलन हुने र निर्माण भएन भने दिनभर सडक समेत अवरोध हुने छन् ।


धर्नामा नेकपाका राम शुभे यादव, नेपाली कांग्रेसका धनिक लाल यादव, संघिय समाजवादी फोरम नेपालका राम शरोवर यादब (खुरखुर) र रमेश चन्द्र यादब लगायतको रहेको स्थानीय अनिल कुमार यादब (लाला) ले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६