गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान

  • प्रकाशित मितिः चैत्र 2, 2075
  • 989 पटक पढिएको

सराेज कुमार पासमान
कर्जन्हा। सिरहाकाे कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सुरु भएकाे छ ।
अामा तथा नवजात शिशु सुरक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै कर्जन्हाका नगर प्रमुख गंगा पासमानले अाफ्नाे तलबबाट प्रत्येक महिनामा ५ हजार रुपैया गरिब दलित असहाय तथा अपांगको उपचारका लागि फु.कु.म.मे. हस्पिटलमा काेष खडा गरि रकम दिने घाेषना गरेकाे हाे ।
नगरवासिलाई स्वस्थ्य राख्न नगरपालिका बाट कुनै कमजोरी नहुने तथा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम छिटै आउने बताएका छन् ।
आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम यहाँका जनताका लागि अत्यन्तै अावश्यक भएकाे र सुरक्षित सन्तानलाई जन्म दिनु सबैकाे अधिकार समेत भएकाे हुँदा याे कार्यक्रम लागू गरिएको नगर प्रमुख पासवानले बताए । फु.कु.म.मे. हस्पिटल कर्जन्हामा भर्ना रहेका सबै बिरामीहरुलाई भेट गर्दै उपचारमा के कस्ताे समस्या रहेकाे बुझदै फ्रिटि समेत उनले बितरण समेत गरेकाे हाे ।
निःशुल्क भन्दा गुणस्तरीय उपचार दिनु अहिलेकाे अावश्यकता भएको फु.कु.म.मे. हस्पिटल कर्जन्हाका मेडिकल डाइरेक्टर डा. शिवसंकर साहले बताए । कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलले नगरवासि लगायत सबै स्थानका अनेक प्रकारका बिरामीलाई सेवा दिन तत्पर रहेकाे उनले बताए ।
 फु.कु.म.मे. हस्पिटल कर्जन्हाका मेडिकल डाइरेक्टर डा. शिवसंकर साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथिको रुपमा कर्जन्हाका नगर प्रमुख गंगा पासमान अतिथिको रुपमा कर्जन्हा नगरपालिकाकाे वडा अध्यक्ष लगायत विभिन्न व्यक्तिकोहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६