माँ बौकी देवी डिबहारनी विशाल कलश यात्रा

  • प्रकाशित मितिः चैत्र २३, २०७५
  • रोयाण्टर मण्डल
  • 1647 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर /  सिरहाको सुखीपुर नगपलिका वडा नम्बर ९ मा रहेको ऐतिहासिक  महत्व बोकेको बौकी देवी डिबहारनी माता मन्दिरको संरक्षण तथा प्रवद्र्धनका लागी भन्दै पहिलो दिन माँ बौकी देवी डिबहारनी श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञको कलश यात्रा गर्दै प्रारम्भ भएको छ । 
 
माता मन्दिरबाट पन्चे बाजा सहित निकालिएको कलश यात्रामा महिला,विद्यार्थी,लगायतका भक्तजनहरुको सहभागितामा १ हजार भन्दा बढी रहेको थियो ।
सो कलश यात्रा गागैन खोलाबाट जल लिएर, सुखीपुर हुदै  पुनः माता मन्दिर सम्म पुगेर कलश यात्रा टुंगिएको थियो ।
 
महापुराण यहि चैत  गते देखि २३ गते ३० सम्म लाग्नेछ । महापुराण ज्ञान महायज्ञको सुरुसंगै मन्दिरको प्रचारप्रसारमा सहयोग मिल्ने वडा अध्यक्ष रमेश ठाकुरले बताउनुभयो ।
पौराणिक तथा धार्मीक महत्व राख्ने यस्ता धरोहरहरुको संरक्षण गर्न सके स्थानिय क्षेत्रमा पर्यटनको बिकास संगै एैतिहासिक क्षेत्रको महत्व हुने बताए । 
तस्वीर ः– कृष्ण मोहन चौधरी

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६