जन्म दिनमा बालबालिकालाई शैक्षिक सामग्री बितरण

  • प्रकाशित मितिः बैशाख 3, 2076
  • रोयाण्टर मण्डल
  • 1163 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / जन्मदिन मनाउने तरिका सबैका आ–आफ्नै हुन्छन् । कसैले साथिभाई सँग जमघट गरेर मनाउँछन त कसैले घरपरिवारसँगै बसेर ।

तर, सिरहा सुखीपुर नगरपालिका वडा नम्बर २ का नेपाली कांग्रेसका युवा नेता वीपी भुवन यादबले भने आफ्नो जन्मदिन गाउँका गरिव बालबालिका विद्यार्थीसँग मनाएका छ्न ।

 

३९ औं जन्मदिनमा उनले सुखीपुर नगरपालिका वडा नम्बर २ का गरिब बालबालिकालाई आफनै घरमा बोलाएर मनाएका हुन् । उनले बैशाख १ आईतवार जन्मदिनको अवसरमा ३० जना बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेका छन् ।

 

खर्च जोगाएर बालबालिकालाई कापी, सिसाकलम र चकलेट वितरण गरेको यादबले बताए । उनी नगर सुधार समिति सुखीपुरका अध्यक्षका अध्यक्ष समेत हुन् ।
यादबले बालबालिकाको शिक्षाका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शैक्षिक सामाग्री पाएपछि बालबालिका खुसी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६