सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

  • प्रकाशित मितिः बैशाख १०, २०७६
  • रोयाण्टर मण्डल
  • 992 पटक पढिएको

रोयाण्टर मण्डल

सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


शनिवार साँझ सुखीपुर आउदै गरेको क्रममा बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुर चौकमा सुखीपुर नगरपालिकाको मातहतमा रहेको बा.२ झ २३१६ नम्बरको गाडीले विपरीत दिशाबाट आउदै गरेको सिरहा नगरपालिका वडा नम्बर ९ गुलरिया बस्ने ३८ वर्षीय साइकल यात्री सतिराम ठाकुरलाई ठक्कर लागेपछि घाइते भएको थियो ।


घाईते भएको ठाकुरको उपचार बिराटनगर स्थित न्यूरो अस्पतालमा भए रहेको छ भने धनगढीमाई नगरपालिका वडा नंम्बर ८ बस्ने ३३ वर्षीय चालक पवन कुमार महतोलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जानकारी दिनुभयो ।


शनिवार भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले सिरहामा विभिन्न स्थलमा ६ योजनाको शिलान्यास गर्न आएपछि उहाँकै कार्यक्रममा गाडी पठाएको सुखीपुर नगरपालिकाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६