खतरातर्फ उपत्यकाको मानवजीवन : वायु खतरनाक : २४ सै घन्टा श्वास फेर्न अनुपयुक्त

  • प्रकाशित मितिः पुष 11, 2074
  • मधेश स्पेशल
  • 822 पटक पढिएको

सोमबार १०, पुष २०७४ / काठमाडौँ: उपत्यकामा तापक्रम घटेसंगै वायु प्रदुषण थप बढेको छ । सरकारी मापदण्डभन्दा वायु प्रदुषण दर पाँच गुणा बढेको छ । उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ ।,

विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ । तर, हाल उपत्यकाको वायु प्रदूषणको दर एक सय ४२ माइक्रोग्राम पर मिटर क्युवसम्म पुग्ने गरेको छ । सरकारले ४० माइक्रोग्राम पर मिटर क्युव मापदण्ड तोकेको छ ।

यो तथ्यांक केलाउँदा उपत्यकाको वायु २४ सै घन्टा श्वास फेर्नलायक नभएको तर्क गर्छन् वातावरणविद् र स्वास्थ्यकर्मी । केही दिनयता काठमाडांै उपत्यकाको तापक्रम २ डिग्री सेल्सियससम्म झर्दा वायु प्रदूषण ह्वात्तै बढेको देखिन्छ।

स-साना धुलोका कणबाट प्रदूषण बढ्नुमा सवारीसाधन नै जिम्मेवार भएको पाइएको छ । ३६ प्रतिशत प्रदूषण सवारीसाधनका कारण हुने गरेका छन् भने ६० प्रतिशत प्रदूषणमा सवारीसाधन र सडकका धुलो जिम्मेवार छन् ।

उपत्यकाको वायु अति प्रदूषित रहेकाले अहिले मास्कबिना हिँडडुल गर्नु आफैं खतरा निम्त्याउनु हो । स-साना धुलोको कण फोक्सो हँुदै रक्तनलीसम्म सहजै पुग्दा मानवस्वस्थ्यमा गम्भीर असर पर्छ।आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६