साप्टी लिएको तीन हजार रुपैयाँ फिर्ता गर्न नसकेपछि हत्या साप्टी लिएको तीन हजार रुपैयाँ फिर्ता गर्न नसकेपछि हत्या

  • प्रकाशित मितिः बैशाख 12, 2076
  • रोयाण्टर मण्डल
  • 866 पटक पढिएको

रोयाण्टर मण्डल


सुखीपुर (सिरहा) / एक चिया पसलेको हत्या गरेको आरोपमा ज्ञानबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

 

सिरहाको लहान नगरपालिका– ९ गोठटोलका ६९ बर्षीय रतन बहादुर तामाङको हत्या आरोपमा सप्तरीको राजविराज नगरपालिका ३ निवासी ५५ बर्षीय ज्ञानबहादुर थापा मगरलाई धनगढीमाई नगरपालिका– १० बाट पक्राउगरी आज बिहीवार पत्रकार सम्मेलनगरी सार्वजानिक गरेको हो ।


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठका अनुसार तामाङको शब गत शनिवार लहान नगरपालिका– १७ स्थित गोबिन्दपुर गढी स्थानको किनारमा मृत फेला परेको थियो ।
प्रहरी उपरिक्षक श्रेष्ठका अनुसार तामाङले ४ हजार ५ सय रुपैयाँ मगरसगँ सापटी लिएकोमा ३ हजार फिर्ता नदिएकोले एकान्तमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ । मगरलाई आज कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।

 

( यस अनलाईनमा प्रकाशित / प्रसारित समाचार लेख रचनालाई “साभार : मधेश स्पेशल डटकम उल्लेख गरिदिनुहुन अनुरोध गर्दछौं । र, प्रकाशित/प्रसारित सामग्रीको जानकारी यस [email protected] लिंक पठाइदिन पनि अनुरोध गर्दछौं ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६