वर्तमान विश्व क्रिकेटकै हस्ती क्रिश गेल आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । ४० वर्ष लाग्न लागेका उनले यस विश्वकपमा वेष्ट इन्डिजको लागि उपकप्तानको भुमिका निभाउने भएका छन् ।
आगामी मे महिनाको ३० तारिख देखि इंग्ल्याण्डमा शुरु हुने उक्त ५० ओभरको विश्वकपनै गेलको अन्तिम विश्वकप हुने बताइएको छ । त्यस्तै शाइ होपलाई भने आयरल्याण्ड र बंगलादेश विरुद्धको त्रिदेशीय सिरिजको लागि उप कप्तान चुनिएको छ । विश्वकप पश्चात गेलको अनुपस्थितीमा होपले उप कप्तानको जिम्मेवारी निभाउने बुझिएको छ ।
गेलले हालसम्म २८९ अन्तर्राष्ट्रिय एकदिवसिय खेल्दै १०,१५१ रन बनाइसकेका छन् । पछिल्लो समय उनी उत्कृष्ट फर्ममा रहेको कारण पनि गेलबाट वेष्ट इन्डिजको ठुलो आशा राखेको बताइन्छ । गेल यसअघि सन् २०१० को जुन महिना सम्मको लागि कप्तान थिए ।
उपकप्तान चुनिएकोमा खुशी हुँदै गेलले भने, ‘वेष्ट इन्डिजको प्रतिनिधित्व गर्दै कुनै पनि स्वरुपको प्रतियोगिता खेल्नु मेरो लागि गर्वको विषय हो । अझ यो विश्वकप मेरो लागि विशेष छ । ’ उनले थपे, ‘टोलीको वरिष्ठ खेलाडी भएको कारण मेल्र कप्तान लगायत सबैलाई सहयोग गर्ने मेरो जिम्मेवारी हो । यो प्रतियोगिता मेरो लागि सबैभन्दा ठुलो विश्वकप हुन सक्छ । हामी पक्कै पनि वेष्ट इन्डिजका समर्थकको लागि राम्रो गर्छौैं, हामीबाट थुप्रै आशा पनि गरिएको छ । ’
विश्वकपमा वेष्ट इन्डिजको पहिलो खेल मे ३१ तारिखमा पाकिस्तान विरुद्ध रहेको छ ।
-एजेन्सी
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६