सिरहामा कुटपिटबाट एक जना सैनिक जवानको मृत्यु , घटना रहस्मय बन्दै

  • प्रकाशित मितिः जेठ 2, 2076
  • रोयाण्टर मडल
  • 8469 पटक पढिएको

रोयाण्टर मडल


लहान / सिरहामा कुटपिटबाट एक जना सैनिक जवानको मृत्यु भएको छ ।
बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुर निवासी २२ वर्षीय अनिस कुमार सिंहको उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा  चोरीको आरोपमा विजुली पोलमा बाधेर कुटपिट गरेपछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।


बैशाख २८ गते शनिवार राती १२ बजे अधारभुत प्राथमिक विद्यालय पुर्व उतरमा रहेको कलबको घर स्थित विजुली पोलमा बाधिएर भएको कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते ४ बजे छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले बताउनुभयो ।

 

मृत्युको विरोधमा
कुटपिटबाट मृत्यु भएको विरोधमा दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै आज बिहीवार स्थानीयबासीले सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेको थियो ।
सडक अबवरुद्धको साथ साथ साथै प्रहरी समेत मुखदर्शक बनेको भन्दै ईलाका प्रहरी कार्यालय बरिषरपट्टीलाई समेत घेराबन्दीमा लिएको थियो । घेरा वन्दीमा लिएपछि जिल्लाबाट र ईलाकाबाट आएका प्रहरी र स्थानीय बिच ३ वटा बुदांमा छलफल भएर घेरावन्दी र सडक अबरोध खुलियो ।
छलफल बुदांहरुमा मुखदर्शक बनेका प्रहरीलाई कर्वाही , दोषीलाई हदै सम्मको कवार्ही, तीन दिन भित्र अपराधीलाई पक्राउगरी कवार्ही अगाडी बढाउने निर्णय भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

                                    कर्वाहीको मांग गर्दै सडक जाम

 

वडा अध्यक्ष नविन कुमार यादब
सखुवासभाको बरादल सैनिक जवान दरबन्दी रहेको र एक महिनाको विदामा घर आएका सिंहलाई चोरीको आरोप लगाएर कुटपिटबाट मृत्यु भएको घटना रहस्मय भएकोले सत्य तथ्य खोजबिन गरी कर्वाही गर्नका लागि सम्बन्धित निकायसंग बरियारपट्टी गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष नविन कुमार यादबले आग्रह गर्नुभयो ।

 

मृतकका काका मनोज सिंह
बैशाख २८ गते राती हामीहरु सबै परिवार लहानमा थियो । घरमा ७५ वर्षिया हजुर आमा र अनिस मात्रै घरमा थियो । राती केही युवाहरु घरमा अएर चोरको आरोप लगाउदै समातेर अनिसलाई घरबाट तेनुवापट्टी लगियो । तेनुवापट्टीमा बिजुलीको पोलमा बाधेर कुटपिट गर्न थोलेको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई खबर गर्दा पनि समयमा प्रहरी पुगेन तर केही घण्टा पछि पुगियो तर प्रहरी मुखदर्शक बनेर बसे । न कसैलाई आफनो नियन्त्रण लियो न अनिसलाई कुटाई खानमा बचायो अनिसका काका मनोज सिंहले दुखेसो पोख्नुभयो ।

अनिसलाई हात खुटा बाधेर कुटपिट गरेको विजुली पोल

 

https://youtu.be/SGu4uvBKzCI

अनिसलाई हात खुटा बाधेर विजुली पोल कुटपिट गर्दै दृश्य

 

मृतकका काका विजय कुमार सिंह
मृतक सिंहका अर्का काका विजय कुमार सिंहले आँखाबाट आशु चुहाउदै भन्नुभयो – हामीहरु बिहान ४ बजे आफन्तहरु घटना स्थलमा पुगे । हात खुटा विजुली पोलबाट खोलिदिन आग्रह गर्दा गाली समेत दियो र खोलेन पनि मानेन् । आफनै अगाडीमा भतिजा कुटाई खाई राखेको हेरेर सहन नसेकपछि आफुहरु रुदै रुदै केही पर गएर बसे । उनीहरु नाना थरीका गालीहरु दिदैथियो । मन नमानेपछि पुन आए तर पनि उनीहरु हाम्रो गुहार सुनेन् । ३० मिनेट पछि अर्थात बिहान ४ः ३० बजे उनीहरु नै गाडी मगायो । तर कोही गाडीमा अनिसलाई राखन नमाने पछि । आफुहरु भतिजालाई रुदै रुदै गाडीमा चढाए । तत्कालै उनलाई लहानको सप्तऋषी अस्पतालमा र्पुयाइयो । त्यहाँ उपचार संभव नभएपछि नोभेल अस्पताल विराटनगरमा रेफर गरियो । त्यहाँ पनि उपचार संभव नभएपछि छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा रेफर गरियो । उपचारकै क्रममा मृत्यु भएको खबर पाएर पुरै परिवार वियोगमा परेको छु ।

 

यता , चोरीको आरोप लगाउदै जाहिरी दिएका विरेक्षण यादबको घरमा घटनाको बारेमा शोधपुछ गर्न जादा घरमा ताल्चा लागेपछि कुरा हुन सकेन् । अनिसलाई विजुली पोलामा बाधेर कुटपिट गरेको ठाउँका पुगे । छिमेकीहरुलाई शोध्दा आफुले केही नबताउने र आफुलाई केही थहा नभएको बताए । जतिलाई प्रश्न गरे सबैको अनुहारमा त्रास देखियो । गाउँमा पुरुषहरुको संख्यामा पनि कमि देखियो । घटना स्थल ठाउँका घरहरुमा पुरुषहरु पाएन् महिलाले केही बताउन चाहेनन् ।

 

गाउँमा जे देख्यो

म संगै आज घटना स्थलमा पुगनु भएको मिथिला अवाज साप्ताहिक पत्रिकाका प्रकाशक हरिपति लाल कर्णले पनि घटनाको सत्य तथ्य  खोजन अनेको प्रयास गर्नुभयो । पुरुषलाई प्रतिक्रिया लिन खोजियो तर अधिकांश पुरुष टोलमा भेटन । त्यसपछि उहाँले महिलाहरुलाई पनि शोध्नुभयो । तर जवाफमा उतर आयो थाहै छैन् । घटना चोरीको हो की घटना अन्य विषय हो । गाउँमा जति घुम्दा घटना रहस्मय लागन थालियो । किन भने कोही चोरीको आरोपमा कुटपिट भएको पनि भन्न चाहेन् । यता सुर्य पनि अस्ताउन थाले हामीहरु पनि तत्कालका लागि  कमल बन्द गर्दै घर तर्फ फर्के ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६