बलिउड अभिनेता सलमान खानको नाम सुन्ने बित्तिकै सबै फ्याहरुलको मनमा एउटा प्रश्न तेर्सिन्छ, त्यो हो– सलमानले कहिले बिहे गर्छन् रु यो प्रश्न सँधै चर्चामा रहन्छ । केही दिन पहिले उनी सरोगेसीबाट बुबा बन्दै छन् भन्ने समाचार बाहिरिएको थियो । अहिले आएर अभिनेता खानले पनि एक अन्तरवार्ताको दौरानमा आफूले एउटा बच्चा चाहेको कुरा बताएका छन् ।
अहिलेको समयमा अभिनेता खान आफ्नो आगामी फिल्म ‘भारत’को प्रोमोशनमा जुटेका छन् । यसै क्रममा मुम्बई मिररसँग कुराकानी गर्ने क्रममा उनले आफ्नो पनि बच्चा होस् भन्ने चाहना ब्यक्त गरेका हुन् । उनले भने, ‘मलाई बच्चा चाहिन्छ, तर बच्चाको साथमा आमा पनि आउँछन् । मैले बच्चाको आमालाई चाहन्न, तर बच्चालाई आमाको जरुरी हुन्छ । तर, म सँग बच्चाको हेरचाह गर्नका लागि एउटा पूरै गाउँ छ ।’
अभिनेता खानको यस कुराबाट के स्पष्ट हुन्छ भने उनी सरोगेसीको सहायतामा बुबा बन्दैछन् । उनी बच्चालाई निकै माया गर्छन् । उनले आफ्नो भतिज आहिलसँग खुब मस्ती गर्छन् । उनले आहिलसँग खेल्छन् र समय बिताउँछन् ।
यो भन्दा पहिले अभिनेता खानले विवाहको विषयलाई लिएर भनेका थिए, ‘म एक असल छोरा हुँ, त्यसैले असल बुबा बन्न सक्छु । तर असल श्रीमान बन्न सक्दिन होला ।’ सोही समयमा यस्तो समाचार पनि आएको थियो कि सलमानले विहे गर्नका लागि नजिकै पुगेका थिए । तर, उनले आफ्नो परिवार भन्दा अरुलाई खासै समय दिदैनथे । सलमानलाई लाग्छ कि आफ्नो पार्टनरलाई समय दिन नपाउनुनै उनलाई अपमान गर्नु हो ।
वर्क फ्रन्टको कुरा गर्नुपर्दा सलमान खानको फिल्म ‘भारत’ ५ जुनबाट ईदको अवसरमा दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । अभनेत्री क्याट्रिना कैफले उनको लभ इन्ट्रेष्टको भूमिका निभाउँदै छन् । - काठमाडौं र एजेन्सी
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदिय... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६