तथ्यांकमा काेराेना भाइरस - COVID - 19

तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नुभयो ?

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 403 पटक पढिएको

गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उनको नामको  मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो ।

आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा आफँैले बेचेको मोटरसाइकलका चालकको मृत्यु भएको रहेछ । प्रहरीले सो मोटरसाइकल धनी खोज्दै जाँदा यातायात व्यवस्था कार्यालयमा पण्डितको नाम फेला प¥यो । त्यसपछि प्रहरीले कसरी त्यो मोटरसाइकल त्यहाँ पुग्यो भनेर पण्डितको खोजी गर्न थाल्यो । 

रिकण्डिसनमा बिक्री गरेको कागजका कारण पण्डित त बच्नुभयो । तर यस्तै तवरले सवारी साधन बिक्री गरेकाहरु फस्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्का बताउनुहुन्छ । यस्ता घटना धेरै आउने गरेको उहाँले बताउनुभयो । 
 
मोटरसाइकल, गाडी जस्ता सवारी साधन विश्वासमा अरूलाई बिक्री पछि पनि नामसारी नगरी चलाउन दिन नहुने खड्काको भनाइ छ । ती सवारी साधन दुर्घटना हुँदा त्यसको दोषी आफू हुन्छु भन्ने थाहा भई बेवास्ता गर्दा धेरै फस्ने गरेको उहाँले बताउनुभयो । सरकारी वकिलले सवारी धनीपूर्जामा जस्को नाम छ उही प्रतिवादी बनाउने हुँदा धेरैले सानो कमजोरीका कारण ठूलो क्षति बेहोर्न बाध्य भएको खड्काको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर सवारी साधन बिक्री गरेपछि तत्काल नामसारी गर्नुपर्ने बताउनुहुन्छ । अर्काको सवारी साधन चलाउनेलाई पनि राम्रो नहुने भन्दै उहाँले यो सन्देश सबै सवारी धनीलाई पु¥याउन जरुरी देखिएको जानकारी दिनुभयो । 

आफ्ना सवारी साधन बिक्री गरेर नामसारी नगरेकाहरु धेरै रहेका छन् । विश्वासका आधारमा बस्दा सवारी साधन किनेकाहरुले बीमा नगर्ने, सवारी साधनको नवीकरण नगर्ने जस्ता समस्या देखिने गरेको छ । यसको दोषी पनि सवारी धनी हुने गरेका छन् । धेरै सवारी साधन पुराना भएपछि बढी बिक्री वितरण हुने गर्दछ । खरीद गरेकाहरुले आफ्नो नाममा नभएमा नवीकरण नै नगरी सञ्चालन गरीदिँदा सरकारी राजश्वमा स्वयम् सवारी धनीको बक्यौता बसिरहने समस्या हुने गर्दछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक्ष्मीपुर पतारी गाउँपालिकाको बजेट ९२ करोड ९२ लाख

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता लहान / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले ९२ करोड ९२ लाख बढि बजेट पार

दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

जनकपुरधाम । जनकपुरमा दुई समुदायबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपा

स्वर्गीय महतोको सपना पुरा गर्नुभयो ? गोहीको आशु चुहाउने नेता ज्यु

रोयाण्टर मण्डल राजपा नेपालको तत्कालिन सिरहा जिल्ला अध्यक्ष राम बहादुर महतोकोे दोश्रो बार्षिक पुण्य तिथ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६