दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर सन् २०१९ क्रिकेट विश्वकपमा भाग लिने सबैभन्दा बढी उमेरका खेलाडी बन्नेछन् ।
आईपीएल- १२ मा २६ विकेट लिएर पर्पल क्याप जितेका इमरान ताहिर विश्वकपमा दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हतियार हुन सक्छन् । ४० वर्षीय इमरान ताहिर हालको आईसीसी बरियतामा संसारकै चौथो नम्बरका बलर हुन् ।
२७ मार्च १९७९ मा जन्मिएका दायाँ हाते लेग ताहिरलाई सफल स्पिनरको रूपमा लिइन्छ । उनको जन्म पाकिस्तानको लाहोरमा भएको थियो । उनी पाकिस्तानी मूलका अफ्रिकी क्रिकेटर हुन् ।
इमरानको यो खेलाडीको रूपमा अन्तिम विश्वकप हुन सक्छ । उनले यस विश्वकपपछि सन्यास लिन सक्ने बताइएको छ ।
इमरान ताहिरबारे केही तथ्य :
उमेर : ४० वर्ष
भूमिका : लेग ब्रेक बलर
ब्याटिङ : दायाँ हाते ब्याट्स्म्यान
बलिङ : दायाँ हाते लेग ब्रेक
इमरान ताहिरले दक्षिण अफ्रिकाका लागि हालसम्म ९८ एक दिवसीय खेल खेलेका छन् जसमा १६२ विकेट चट्काएका छन् । यसक्रममा उनले तीन प६क पाँच विकेट लिएका छन् । एक दिवसीयमा उनको उत्कृष्ट प्रदर्शन ४५ रन दिएर ७ विकेट रहेको छ । उनको उच्च स्कोर २९ रन रहेको छ ।
यसअघि इमरानले दुई विश्वकप खेलिसकेका छन् । सन् २०११ र २०१५ को विश्वकप खेलिसकेका ताहिरको यो तेस्रो विश्वकप हुनेछ । दक्षिण अफ्रिका क्रिकेट टीमका लागि स्पिनरको रूपमा ताहिर खास हुनेछन् ।
इमरान ताहिरले सन् २०११ फेब्रुअरी २४ मा वेस्ट इन्डिजविरुद्ध विश्वकपबाट अन्तर्राष्ट्रिय क्रिकेटिङ करियरको शुरूआत गरेका थिए । उक्त म्याचमा उनले शानदार प्रदर्शन गर्दै १० ओभरमा ४१ रन दिएर ४ विकेट लिएका थिए । उनी इन्डियन प्रिमियर लीग ९आईपीएल०मा चेन्नई सुपर किंग्सबाट खेल्छन् । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६