भारतीय लोकसभा चुनावको नतिजा आउने क्रम अन्तिम चरणमा पुगिसकेको छ। यसपालिको चुनावमा पनि विगतका वर्षमा झैं चर्चित कलाकारहरूले उम्मेदवारी दिएका थिए।
बलिउड, दक्षिण भारतीय, बंगाली, भोजपुर फिल्म तथा टिभीका कलाकारहरूमध्ये केहीले जितेका छन्।
चुनावमा उम्मेदवारी दिने कलाकारहरूमध्ये आमा ९सौतेनी०(छोरा हेमा मालिनी र सनी देओल चर्चामा थिए। उनीहरू दुवै भारतीय जनता पार्टीबाट उठेका थिए र दुवैले जितेका छन्।
त्यस्तै शत्रुघ्न सिन्हा र उनकी पत्नी पुनम सिन्हा दुवैले हारेका छन्।
अर्की हिट कलाकार उर्मिला मातोन्डकर भने कंग्रेस उम्मेदवार थिइन्। उनले चुनाव हारेकी छन्।
हेर्नुहोस् कुन कलाकारले जिते, कुनले हारे
हेमा मालिनीः भाजपाकी उनले मथुराबाट उम्मेदवारी दिएकी थिइन्। राष्ट्रिय लोक दलका कुवँर नरेन्द्र सिंहलाई हेमाले पछि पारिन्।
पुनम सिन्हाः समाजवाद पार्टीकी उनी लखनउबाट उठेकी थिइन्। पुनमलाई भाजपाका राजनाथ सिंहले पछि पारे।
प्रकाश राजः दक्षिण भारतीय तथा बलिउड कलाकार प्रकाशले बैंगलोरबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले हारे।
उर्मिला मातोन्डकरः चुनावअघि मात्र कंग्रेस प्रवेश गरेकी उर्मिला नर्थ मुम्बईबाट उठेकी थिइन्। उनलाई भाजपाका गोपाल सेट्ठीले पछि पारे।
किरन खेरः चण्डीगढबाट भाजपाकी उम्मेदवार किरनले कंग्रेसका पवन कुमार वंशललाई हराउँदै जित हासिल गरिन्।
जया प्रदाः भाजपाका तर्फबाट रामपुरमा उठेकी जयालाई समाजवादी पार्टीका अजम खानले पछि पारे।
नुसरत जहनः पश्चिम बंगाल बसिरहतमा अल इन्डिया ट्रिनामुल कंग्रेस ९एआइटिसी० बाट उम्मेदवारी दिएकी नुसरतले भाजपाका सायन्तन वासुलाई हराएकी छन्। २८ वर्षीया नुसरत बंगाली फिल्म तथा टिभीकी कलाकार हुन्।
मिमी चक्रवर्तीः एआइटिसीबाटै जादवपुरमा उठेकी मिमीले भाजपाका अनुपम हाजरालाई पछि पारेकी हुन्। ३० वर्षीया मिमी बंगाली फिल्म तथा टिभी कलाकार हुन्।
स्मृति इरानीः भाजपा उम्मेदवार स्मृतिले अमेठीमा कंग्रेसका राहुल गान्धीलाई हराएकी हुन्। -एजेन्सी
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६