रोयाण्टर मण्डल, हरिपति लाल कर्ण , कृष्ण मोहन चौधरी
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको तेस्रो नगर सभा नगर प्रमुख राम औतार यादबको अध्यक्षतामा सम्पन्न भएको छ ।
सोमबार सुखीपुर व्यपार समितिको भवनमा भएको सुखीपुर नगरपालिकाको तेस्रो नगर सभा शुभारम्भ गराउँदै नगर प्रमुख राम औतार यादबले आर्थिक वर्ष २०७६/७७ लाई ‘सुखी नगर हाम्रो पहिचान, सुखी नगर सुखीको अभियान’ बनाउने गरी कार्यक्रहरु सञ्चालन गरिएको बताएका छन् ।
सुखीपुर नगरपालि काको नगर गुरुयोजना तर्जुमा गरी नगरको अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन विकासका लक्ष्यहरु निर्धारण गरिएको बताउँदै उहाँले त्यसमा सहकार्य गर्न सुखीपुर नगरका सबै समुदायलाई आग्रह गर्नुभएका छन् । नगर गुरुयोजनाको आधारमा योजनाहरुको प्राथामिकता क्रम निर्धारण गरेर सबै वडाहरु तथा सर्व पक्षिय छलफल पश्चात मात्रै योजना छनौट गरिएको छ । आवधिक योजना, वार्षिक नीति कार्यक्रम र बजेटलाई एक आपसमा सामञ्जस्यता कायम हुने गरी कार्यक्रमहरु तय गरिएको छ । सुखीपुरले क्षेत्रगत र भौगोलिक सन्तुलन कायम हुने गरी दीर्घकालीन रुपमा प्रतिफल दिनसक्ने योजनाहरु कार्यान्वयन गर्न स्रोत, साधन, प्रविधि, जनशक्ति आदिको प्रभावकारी र कुशल रुपमा उपयोग गर्ने रणनीति अवलम्वन गरेको नगर प्रमुख यादबको भनाई छ ।
सुखी नगर हाम्रो पहिचान, सुखी नगर सुखीको अभियानको संकल्पका साथ सुरु भएको कार्यक्रममा समृद्धिका आधार तयार गर्न विगत वर्षको अनुभवलाई आत्मसाथ गरिने उहाँले नगरवासी समक्ष प्रतिबद्धता व्यक्त गर्नुभएका छन् ।
उहाँले थप्दै भन्नुभयो – सुखीपुर नगरको विकासका लागि संघीय सरकार, प्रदेश सरकार र अरु दातृ निकायहरुसंगको सहकार्यलाई प्राथमिकता दिइएको पनि छन् । सुखीपुर नगरमा विभिन्न सडकहरु, हरियाली पर्यावरणीय क्षेत्रहरु, जलाशययुक्त बहुउद्देश्यीय परियोजनाका साथै कृषि, संचार, उद्योग र व्यापारलाई समृद्धिको आधारका रुपमा विकास गर्ने गरि सुखीपुर नगरले नीति ल्याएको छन् । प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षालाई कार्यान्वयन गर्न नगरपालिकाले विशेष योजना बनाएको छ । विद्यार्थीहरुमा ह्रासोन्मुख हुदै गईरहेको अनुशासन, नैतिक, मूल्य र मान्यतालाई पुनस्थापित गर्न सामुदायिक विद्यालयमाा विशेष कार्यक्रम सुरु गर्ने छौ ।
सुखीपुर नगरपालिकाको तेस्रो नगरसभा दिउसो १२ बजे सुरु भएको सभा अपरान्ह ५ बजे सकिएको थियो ।
विकासका बाधकहरु प्रेस विज्ञप्ती प्रकाशन गरे : नगर प्रमुख
नगरसभा सम्पन्न भएपछि नगर अध्यक्ष राम औतार यादबले आफु कार्यपालिकै स्वीकृतीमा आज तय भएको मितिमा नगरसभा गर्न पाएकोमा खुशी छु । नगरसभा विरुद्ध प्रेस विज्ञप्ती प्रकाशित गरेर सुखीपुर नगरपालिकाको विकासको गति रोक्न कोशिश गर्दैछन् । तर त्यो असत्य कोशिष प्रतिफल दिदैन । हामी काम गर्ने मान्छे जनताको लागि काम गर्छौ । जनमुखी बजेट ल्याएका छौ । जनता खुशी हुने छन् तर केही नेता विकास देखेर दुखित भएका छन् । अधिकांश वडा अध्यक्ष, उल्लेखनीय वडा सदस्य र कार्यपालिकाको सदस्यकै सहिमतीमा कानुन अधिनमा रहेर नगर सभा सम्पन्न गरेका छौ । लोकतन्त्रमा मतको कद हुनु पर्छ त्यसैले नगरसभाका ५३ सदस्यहरु मध्ये ३८ जनाले नगर परिषदमा पास गरेका छन् । खुशिको कुरो त यो रहियो की नेपाली काँग्रेस, राजापाका सदस्यहरुले पनि विकासे नगरसभामा आफु कुरा राखेर नगरसभा सम्पन्न गर्नुभयो । तर केही सदस्यहरुको सामुहिक कुरा नभए ब्यक्तिगत कुरा नपाएपछि विपक्षमा रहेको छ ।
केही साथीहरुको ब्यक्तिगत कारणले अहिले सभामा असहमती जनाएका छन् । तर पछि पछि सबै सदस्यहरुकै सर्वसहमतीमा कार्य हुने आशा राखेकौ छौ । आउने दिनहरुमा उहाँहरुले सहमती दस्ताबेजमा सही गरेर जनताको विकासमा लागने छन् ।
उप मेयर लगायतले विज्ञप्ती प्रकाशन गरेपछि नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति दिनेश्वर गुप्ताको उपस्थितीमा भएको पत्रकार सम्मेलन नगर प्रमुख यादवले विज्ञप्तीको खण्डन गर्दै भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६