अत्यधिक गर्मिका कारण जनजिवन कष्टकर, दुई वालिका मुर्छित

  • प्रकाशित मितिः असार १०, २०७६
  • मधेश स्पेशल
  • 1334 पटक पढिएको

राम पुकार यादव
बिष्णुपुर । सिरहा लगायत मधेशमा यत्तिबेला प्रचण्ड गर्मी बढेको छ ।
आज अत्यधिक तापक्रमकै कारण सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ स्थित जनता माध्यमिक विद्यालय राजपुरमा दुइ वालिका मुर्छित भएकी छिन । सोहि बिदालयका शिक्षक प्रदिप यादव र मोहन यादवले जनाएका छन । कक्षा ६ मा अध्यनरत छात्रा निसा सदा र खुश्वु सदा पढदा पढदै बढदो तापक्रमका कारण मुर्छित भएकी हुन ।


यतिखेर मानविय जिवन लगायत जिव जनावर पा्रणि समेतको जिवन कष्टकर बन्दै गएको छ । हिजो सोमबार मात्रै तापत्र्रम ३७ डिग्री रहेको थियो भने, यहाँको तापक्रम ४०–४१ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ । शनिबार यहाँको तापक्रम ४० दशमलव ३ डिग्री रह्यो । शुक्रबार ३९ दशमलव ५ डिग्री तापक्रम रह्यो । तापक्रम बढेसँगै आद्र्रता ५० देखि ६० प्रतिशत पुगेको स्थिति छ । गर्मी बढेलगत्तै लु चल्न थालेको छ । यहां सबैभन्दा बढी तापक्रम मापन भएको बताइन् । तापक्रम बढ्ने क्रम जारी रहेको स्थिति छ । सन् २०१४ को मे महिनाको ५ र १२ तारिखमा मधेशको तापक्रम ४३ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो । ‘यस वर्ष पनि गर्मी सुरु भइसकेको छ । तर, पोहरको जस्तो अझै भएको छैन ।

गर्मी बढेसँगै यहाँको जनजीवन पनि नराम्ररी प्रभावित हुने गरेको छ । गर्मी बढेसँगै विद्युत् अनियमित हुँदा जनजीवन कष्टकर बन्न थालेको छ । लोभोल्टेजका कारण पंखा, कुलर र फ्रिज चल्न समस्या हुने गरेको छ । अस्पताल र स्वास्थ्यचौकीमा बिरामीको चाप बढ्न थालेको छ । यतिखेर अत्यधिक तापक्रम बाट बच्ने उपाय तिर बिशेष ध्यान दिनु आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६