सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल नेपालमा मात्रै होईन छिमेकी देश भारतमा समेत उदाहरणीय बने

  • प्रकाशित मितिः श्रावण 30, 2076
  • रोयाण्टर मण्डल
  • 2870 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ वर्ष देखी सरकारी जागीर छोडेर मछा पालन क्षेत्रमा लागेका छन् । कृषि क्षेत्रमा विशेष गरी मछाको ह्याचरी फर्मले उनी नेपालमा मात्रै होईन छिमेकी देश भारतमा समेत उदाहरणीय बनेका छन् ।


 विक्रम सम्वत् २०४२ सालमा एस.एल.सी उतिर्ण गरेका उनले २०४६ सालमा  भारतको मिथिला युनिभर्सिटीबाट मानविकी शिक्षामा स्नातक तह पुरा गरी आफ्नों जिवनको युवा जिवन नेपाल सरकारको सरकारी सेवामा  विताए तर राजनैतिक चलखेलेको कारण २०५७ माघ ७ गते राजिनामा दिएर आफै थारै लागनी कृषिमा लगाएर आज करौडोको कारोवार गरे प्रगतिशिल किसानको रुपमा पहिचान बनाउन सफल भएको छ ।

उनले उत्पादन गरेका मछाका भुरा देशका विभिन्न जिल्लाको साथै भारतका मधुवनी जिल्लाका मछा किसानहरुले पनि किन्न आउने गर्छ । भुरा मात्रै होईन आफै पालन गरेको पोखरीको मछा पनि विक्री समेत गर्ने गरेके छन् । ५० हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय आज करोडौ रुपैयाँको बनाउन सफल हुनु भएका किसानको अहिले कति युवाको सन्देश बन्ने गरेको छ ।


सरकारी जागिरका लागि दिन रात मेहन्त गरेर लोक सेवामा नाम निकाल सफल हुन्छन् । त्यसपछि न्युनतम तलब र राजनितिक दवाबका कारण मानसिक टेन्शनमा बस्नु भन्दा आफै व्यवसाय शुरु गरेपछि आफुले चाहिने र मेहन्त जति आर्जन गर्न सकिन्छ उनको विचार रहेको छ ।


उनका २ छोरा ४ भतिज ( भाईको छोरा )२ छोरी र ३ भतिजी ( भाईको छोरी )सबैले उच्च शिक्षा अध्ययन् पुरा गरेर यसै पेसामा लागेका छन् । संगोल परिवार भएकोले यसै पेसामा २४ जना र ७ जना कर्मचारी समेत काममा लागेका छन् । भतिज कपिल देव मण्डलकाे पनि नेपाल सरकारी जागिर थियो । २ वर्ष काम गरेर जागिर छाडेर आफनै फर्ममा काम गरेर सरकारी जागिर भन्दा पनि बढी खुशि आफनै फर्ममा छन् ।


विक्रम सम्वत् २०५२ सालमा उनले ७ कठ्ठा बाट सुरु गरेको मछा पालन अहिले आफनै निजि साढे ९ बिगाह क्षेत्रफलको जग्गामा आँफैले विभिन्न जातका  मछा पालन र मछाको बच्चा उत्पादन गर्ने गरेका छन् । उनले बिगत २४ वर्ष देखी सरकारी जागिरबाट राजिनामा दिएर मछा ब्यवसायमा लागिरहेका छन् । अहिले मछामा विशेष गरी सिरवर, ग्रास, कोमन, रहु, नैनी, र भयाकुर मछाको बच्चा उत्पादन गर्दै आएका छन् ।


अहिले नयां कृषकले मछाको भुरा किन्न जादाँ कम उत्पादन हुने भुरा दिने र किसान पनि कम लागतको लोभमा गलत ठाउँमा पुग्ने गरेको छ । हाम्रो गजेन्द्र मछा फर्ममा फराई पिस भुरा विक्री वितरण गर्ने गरेका छौ । माउ मछा जति स्वस्थ्य रहे । त्यती राम्रो भुराको प्रगति हुने गर्छन् तर कति किसानले कम रुपैयाँ लागोस भन्दै कम मुल्यका कारण गुणस्तरहीन भुरा किनेर उत्पादनमा कमी आएपछि दुखित हुने गर्छन् । तर सबै भन्दा पहिले त म बैदेशीक रोजगारमा जान लागेका युवाहरुलाइ माछा पालन ब्यवसाय संचालन गरी स्वदेशमै काम गर्न आग्रह गर्न चाहन्छु । करिब ५ कठ्ठाको पोखरीबाट ५ जनाको परिवार सुखि सम्पन्न तरीकाले चलाउन सकिन्छ । अर्काको देशमा गरेको मेहनत र श्रम आफ्नै देशमा खर्चे आफ्नो विकाशका साथै देशको विकास पनि हुने बताए ।


विसुन देव मण्डलको दुखेसो
नेपाल सरकारको तर्फबाट २ लाख कहिले ४ लाख रुपैयाँ अनुदान त पाए । तर हाम्रो मेहन्त र कार्यको नेपाल सरकार कहिले कदर गरेका छैन् । मछा पेसामा हाम्रो भन्दा कमै योग्दान दिएकाहरुलाई सरकारले ५० लाख सम्म अनुदान वितरण गरे । काम गर्ने कालु मकै खाने भालु जस्तै नेपाल सरकारको अनुदान रहेको छ ।


विसुन देव मण्डलको मछा जिवनी
एउटा समुन्द्र को जीवलाई सोध्न मिल्छ भने सोध्नु, जीवन के हो ? उसको उत्तर हुन सक्छ, चारै तिर पानी नै पानी छ, जीवन जल नै हो र जल नै जीवन हो । तब उसलाई भन्नु कि जीवन के हो, ब्याख्या नगर, भन मात्रै, सायद त्यो क्षण केहि असहज हुन सक्छ । सबै भन्दा प्यारो चिज जीवन को विवेचना गर्न सहज छैन किनकि जुन चिज सबै भन्दा प्यारो हुन्छ, उक्त चिज को ब्याख्या गर्न प्राय सबै असमर्थ हुन्छन् ।


असमर्थको बाबजुद पनि जिवनी एउटा कुशल र उदाहरणीय मछा किसानको जिवनका केही अंश ः– सिरहा जिल्लाका मत्स्य ब्यवसायी विसुन देव मण्डलको जन्म वि.सं २०२४ ७१५ सालमा धनडीमाई नगरपालिका वडा नम्बर ६ सिमरा ( साविक फूलकहाकट्टी १) मा भएको हो । २०४६ सालमा नेपाल सरकारकार र स्थानीय शेयर धनीको सहकार्यमा संचालन रहेको साझा संस्थामा ११ वर्ष सिरहाको विभिन्न साझा संस्थामा काम गरे । सत्य र निर्भिक बोली बोलने अरुले नराम्रो गरे भने मुखमै उतर दिने खालका ब्यक्ती रहेकोले समान्य कुराकै कारण वहाँ वि.स. २०५२ सालमा जागिरबाट राजिनामा दिई उनी २०५२ सालमा ७ कठ्ठा जग्गाबाट माछा ब्यवसाय शुरु गरेका थिए । उनले मछा व्यवसायबाटै आज करोडौ करोडको सम्पती आजर्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६