तथ्यांकमा काेराेना भाइरस - COVID - 19

बरियारपट्टीमा एकिकृत घुम्ती सेवा अभियान सम्पन्न

  • प्रकाशित मितिः भदौ 22, 2076
  • रोयाण्टर मण्डल
  • 910 पटक पढिएको

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / मुकेश यादव

सुखीपुर (सिरहा) / सिरहाको बरियारपट्टी गाउँपालिकामा एक दिने एकिकृत घुम्ती सेवा अभियान शनिवार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजना तथा बरियारपट्टी गाउँपालिकाको समन्वय तथा सहयोगमा अभियानको आयोजना गरिएको हो ।


जिल्ला सदरमुकाम गएर नागरिकता लिन नसकेका नागरिकलाइ गाउँमै नागरिकता, निशुल्क स्वास्थ्य उपचार, फोटो सहितको मतदाता परिचय पत्र, पशु स्वास्थ उपचार सेवा, निःशुलक बोट विरुवा तिरण लगाएतका सेवा प्रदान गर्नका लागि अभियानको आयोजना गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।

Image may contain: 5 people, including Santos Kumar, people standing and outdoor
मुलुकमा संघीय संरचना आएको सन्दर्भमा नागरिकलाई घरदैलोमा सेवा प्रदान गर्नका लागि शिविर सञ्चालन गरिएको छ  । बिरयारपट्टी गाउपालिकाको केन्द्रमा सुरू भएको अभियान आज शनिवार सम्पन्न भएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतोले बताएका छन् ।


अभियानमा नागरिकता, मतदाता परिचयपत्र, कृषि, स्वास्थ, शिक्षा र पशुसेवा सम्बन्धि उपचार तथा परामर्श सेवा प्रदान गरिएको बिरयारपट्टी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिहले बताए ।

Image may contain: one or more people and outdoor

जिल्ला प्रशासन कार्यालयका सिरहाका प्रशासकीय अधिकृत कमल अचार्यको संयोजकत्वमा अभियान संचालन हुनेछ । जिल्ला प्रशासन कार्यालय सिरहासंगको सहकार्यमा एकिकृत अभियान सेवा सञ्चालन गर्ने बरियारपट्टी गाउँपालिका पहिलो स्थानीय तह हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६