असोज ३ कालो दिन मधेशभरी ‘ब्ल्याक आउट’, मन्त्रीको लोभमा उपेन्द्र चुप

  • प्रकाशित मितिः भदौ 31, 2076
  • रोयाण्टर मण्डल
  • 1348 पटक पढिएको

सिरहा । लोक दल र राजापा नेपालले असोज ३ गते कालो दिनका रुपमा ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेका छन भने प्राधनमन्त्री ओलीको संघीय समाजवादी पार्टीले कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
लोक दल पार्टीका केन्द्रिय अध्यक्ष कौशल कुमार सिंहले प्रेस विज्ञप्ती प्रकाशितगरी विभिन्न जिल्लामा विरोधका कार्यक्रम आयोजना गर्नुको साथै ७ः१५ वजे ब्ल्याक आउट गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले मधेशी, आदिवासी जनजाति पिछडा वर्गका लागि असोज ३ सबभन्दा कहाली लाग्दो दिन हो त्यसैले यसलाई विरोध गर्नुपर्ने बताए । त्यसैगरी डा.बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले असोज ३ गते हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।

न दिवसमा सहभागी हुने, न विरोधका कार्यक्रम गर्ने निर्णय गरेको सो पार्टीका प्रचार प्रसार विभागका प्रमुख प्रशान्त सिंहले जानकारी दिए । त्यो दिन समाजवादी पार्टीले सात वटै प्रदेशको राजधानीमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी, राष्ट्रिय जनता पार्टी, (राजपा) नेपाल ले पनि बिरोध सभाको साथसाथै ब्ल्याक आउट गर्ने गरेको छ ।

मधेशी जनतालाई दमन गरेर संविधान जारी गरेको र हाल सम्म सरकार संशोधन गर्न उदासीन देखिएकोले विरोध दिवस गर्ने निर्णय भएको राजपा नेपालका केन्द्रिय सदस्य तथा राज्यमन्त्री सुरेश मन्डलले बताए ।

असोज ३ गते दिउँसो २ बजेदेखि प्रत्येक जिल्लामा विरोध जुलुस प्रदर्शन गर्नुको साथै साँझ ७ बजेदेखि ७ः१५ वजेसम्म ब्ल्याक आउट गर्ने निर्णय भएको उनले जानकारी दिए । पार्टीले जिल्ला प्रभारी तथा सह (प्रभारीको नामावली सार्वजनिक गरी नेताहरुको जिम्मवारी बाँडफाँड गरेको छ । २७ जिल्लाका लागि ४२ जनालाई खटाइएको छ ।

यता, डा.बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले असोज ३ गते हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाए मन्त्रि पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
समाजवादी पार्टीको केन्द्रिय पदाधिकारी बैठक बसी रहेको बेला प्रम ओलीले
सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कडा सन्देश पठाएका थिए। सत्तामा पनि बस्ने र संविधान दिवसलाई कालो दिवसको रूपमा पनि मनाउनेबारे समाजवादीको पार्टी बैठकमा छलफल भईरहेको थियो । सोही बेला प्रधानमन्त्री ओलीले कडा सन्देश पठाएपछि उपेन्द्र यादव हच्किएका हुन् ।

सो सन्देशमा प्रधानमन्त्री ओलीले सत्तामा बसेर संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने छुट कसैलाई नदिने स्पष्ट पारेका थिए। सरकारले संविधान दिवसलाई भव्य रुपले मनाउन तयारी गरिरहेको बेला सत्तारुढ दलद्वारा नै कालो दिवस मनाउने कुरा आफुलाई असह्य हुने र यस्तो गरे मन्त्रीपदबाट समेत बर्खास्त गर्न आफु पछि नहट्ने सन्देश प्रधानमन्त्री ओलीले उपेन्द्रलाई पठाएका थिए ।

जतिबेला प्रधानमन्त्री ओलीको सन्देश उपेन्द्र यादवले पाएका थिए– त्यतिबेला पार्टी कार्यालयमा डा.बाबुराम भट्टराईले असोज ३ गते कालो दिवस मनाउने निर्णय गर्न उपेन्द्र यादवमाथि दबाब दिइरहेका थिए । तर, प्रम ओलीको सन्देश पाएपछि उपेन्द्र यादव केही समय बाहिर निस्किएका थिए । सो समयमा यादवले प्रधानमन्त्री ओली निकटस्थ केहि नेताहरुलाई आफु कालो दिवस मनाउने कुनै पनि सोचमा नरहेको स्पष्टीकरण दिएका थिए ।

उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, नेकपाका महासहिव विष्णु पौडेल र सरकारका महान्यायाधिवक्ता अग्नि खरेललाई फोन गरि आफुले पनि संविधान दिवसलाई भव्य रुपमा मनाउन प्रदेश नम्बर दुईका सरकारलाई निर्देशन दिई सकेको र आफ्नो पार्टीले पनि कालो दिवस नमनाउने भन्दै आश्वस्त पारेका थिए ।

राष्ट्रिय जनता पार्टी नेपालले असोज ३ गतेका दिनलाई कालो दिवस मनाउने र संविधान दिवसको विरोध गर्ने निर्णय गरेको छ । तराई–मधेश केन्द्रित अर्को प्रतिष्पर्धी दलले नै यस्तो निर्णय गरेपछि उस्तै प्रकृतिको आन्दोलनबाट राजनीतिमा स्थापित भएको समाजवादीलाई पनि पार्टीका नेता कार्यकर्ताले राजपाकै जस्तो निर्णय गर्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६