तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सांसद साहको रिहाईको माग गर्दै लाहानमा चक्काजाम

  • प्रकाशित मितिः आश्विन 30, 2076
  • रोयाण्टर मण्डल
  • 818 पटक पढिएको

मनोज बनैता

लाहान । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सिरहाले सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार लाहानको पुर्व पश्चिम लोकमार्गमा आधा घन्टा चक्काजाम गरेको छ ।

चक्काजामले लोगमार्गमा चल्ने सम्पुर्ण सवारी साधन ठप्प हुन पुगेको थियो । राजपा नेपालका लाहान नगर अध्यक्ष शत्रुधन मण्डलले सांसद साहलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने बताए ।

 

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सांसद साहको तत्काल रिहाई र बुद्ध एअर कम्पनीलाई कारवाहीको मांग गर्दै बन्द सहितका आन्दोलनको कार्यक्रम अघि सारेको छ।

 

सांसद साहलाई रिहाइ नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने राजपा केन्द्रिय सदस्य राकेश झा ले बताए । राजपाले सांसद साहको बिना शर्त तत्काल रिहाई गरी झुठा मुद्दा फिर्ता, जनतामैत्री सेवा नदिएका कारण बुद्ध एयरको दर्ता खारेजी र नागरिक उडडयन कार्यालय जनकपुरका प्रमुख संतोष ढकाललाई कडा कार्वाहीको माग अघि सारेका हुन्।

 

राजपा नेता डा.जयनारायण यादव बताउछन कि ‘विगत धेरै वर्ष देखी आम जनताले एयरलाइन्सहरुबाट भोगी रहेको पिडा अहिले सम्म नत कुनै राजनैतिक दल, नत कुनै समाजिक अभियन्ता,नत कुनै व्यक्तिहरुबाट उठाइयो र हामी सम्पुर्ण जनता जस्तो सुकै इमर्जेन्सी हुदा पनि एयरलाइन्सको लापरबाही सहेर बसेको अवस्था कायम नै छ ।

 

यस्तो अवस्थामा सांसद साहले त्यहाँ भइ रहेको एयरलाइन्सहरुको गलत र मनमानी क्रियाकलापलाई कसरी सहन सक्थ्यो। सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा गराउँदै कुनै किसिमको पहलको? अनुभुती न हुदा र भिआपी कक्षमा बिरामी छटपटाई रहेको हेरि रहँदा सांसद साहले बुद्ध एयरको काउन्टमा लातले हानेको हो जसलाई काठमाडौका विभिन्न मिडियाले थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६