तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुखीपुरमा निः शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

  • प्रकाशित मितिः कार्तिक 5, 2076
  • रोयाण्टर मण्डल
  • 1458 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाको सुखीपुर नगरपाकिला वडा नम्बर १० स्थित दहिपौडी बजारमा आज सोमबार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।


नगर सुधार समिति न.पा. सुखीपुरको आयोजनामा सुखायु आयुर्वेद अस्पताल, श्री राम लखन यादव मेमोरियल ट्रष्ट लगुंर्वा, शिवम बचत तथा ऋण सहकारी संस्था सुखीपुर, सरस्वती सामुदायिक दहिपौडीको सहयोगमा १ दिने शिविरमा २ सय ८५ जना मध्ये १ सय १० जना पुरुष र १ सय ७५ जना महिलाले निःशुल्क चेक जाँच गराएको नगर सुधार समिति न.पा. सुखीपुरका अध्यक्ष वी.पी भुवन यादवले जानकारी गराउनुभयो ।


उहाँका अनुसार, शिविरमा विशेषज्ञ डक्टरहरूद्वारा जेनरल मेडिशिन, प्रसुती , स्त्री रोग, मानसिक रोग, हार्डजोडनी तथा नशा रोग, छाला रोग, बाबासिर , फिस्टुला, थाइराईड लगायत विभिन्न रोगहरूको निःशुल्क उपचार गरिएको छ ।

हमरा ल टाका नै छेल (म कहाँ रुपयाँ थिएन् ) बहुत दिन स टाकाके कारण पाटेघरके उपचार नै करा सकल छेलौ ( रकम अभाबका कारण धेरै दिन देखि पाटेघरको उपचार गराउन सकेका थिएनौ ) मुदा आजुक शिविरमे चेक कराक बहुत खुशि भेली और अहिना शिविर सब आबैत रहे ( तर आजको शिविरमा जाँच गराएर धेरै खुशि भए । यस्तै निशुल्क शिविरहरु आउदै रहोस ) सुखीपुर नगरपालिका वडा नम्बर १० की ५० वर्षिया मनतारिया देवी महतोले बताईन् ।


शिविर उद्घाटन कार्यक्रमको नगर सुधार समिति न.पा. सुखीपुरका अध्यक्ष वी.पी भुवन यादवको अध्यक्षता तथा सुखीपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राम लखन महतोको प्रमुख आतिथ्य , अथितीमा जनता माध्यमिक विद्यालय दहिपौडी ब्यवस्थापन समितिका अध्यक्ष देव नारायण यादव, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिरहाका निमित प्रमुख नागेन्द्र प्रसाद पटेल, डाक्टर गोपेन्द्र चन्द्र कमल, डाक्टर हरिगेन यादव, डाक्टर प्रभाकर महतो, डाक्टर योगेश प्रसाद बैद, डाक्टर रजिंत केशरी, डाक्टर राकेश साह रहेको थियो र उद्घोषण सुखीपुर युवा संजालका संयोजक अनिल कुमार यादव (लाला) ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६