तथ्यांकमा काेराेना भाइरस - COVID - 19

भोज खान गएका दलितहरुलाई गाली बेइज्जती गर्दै लखेटिए दलितहरुलाई न्याय दिलाउन दिन रात एक गरिदिन्छौ : वडा अध्यक्ष रामलोभित

  • प्रकाशित मितिः कार्तिक 28, 2076
  • मधेश स्पेशल
  • 1199 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, सिरहाका सुखीपुर नगपालिका–४ कबलासी पोखरीया दलितहरुलाई जातीय विभेदकै कारण निम्तो पाएको भोज खान गएका दलितहरुलाई गाली बेइज्जती गर्दै लखेटिएका छन् ।

स्थानीय किशोरी यादवकोे बुवा स्व.सुरज नाथ यादवको शनिवार श्राद्धको भोज खान लाईनमा बसेको बेलामा सोही ठाउँ बस्ने नेपाली कांग्रेस वडा नम्बर ४ बाट वडा अध्यक्षका पराजित उम्मेदवार उपेन्द्र यादव, औरही गाउँपालिकाका राम चन्द्र यादव सोही गाउँक रामपृत यादवले सोही गाउँ बस्ने पासमान , राम समुदायका एक सय भन्दा बढीलाई खानेबेलामै गाली गलौच गरेर भोज खान नदिएर लखेटिएकाको छ ।

आफुहरुलाई भोजगर्नेले निम्तो दिएपछि भोजको अन्तिममा भोज खान आए । हाम्रो बच्चाहरु भोज खाने भनेर उमंगमा थियो । हाम्रो गाउँमा भोजको निम्तो पाएपछि हामीहरु भन्दा बच्चाहरु धेरै खुशी हुन्छन् । हाम्रो सीप र मेहन्तले उहाँहरुको घरमा अन्नबाली जानछन् तर दलित भएकै कारण निम्तोको भोज खान थालेको बेला भोजी ( भोज गर्ने ) ले एक दमै राम्रोसंग पातहरुमा अनेको प्रकारका तरकारी, भात, पापड र घ्यू पनि दियो तर गाउँकै नेपाली कांग्रेसका नेता भोज खाने ठाउँमा र्आर अछोप (छुवाछूत हुने जात) भन्दै खान तरखर थियो । सोही बेला राम चन्द्र यादव, रामपृत यादवले हामीहरुलाई जबरजस्ती लखेटिएको चन्द्र पासमानले दुखेसो पोखे ।

उनले भने भोजीले उपेन्द्रको खुटा समातेर भोज खान दिनुुस् । म निम्तो दिएर बोलाएका छौ । तर उपेन्द्रले भोजीलाई दलितलाई निम्तो किन दिएको भन्दै खुट्टाले हिर्काछन् । आफनो ताण्डब देखाएपछि हामीहरुले कुटपित डरले भोज नखाई भागेका छौ ।


म निम्तो दिए , उहाँहरु एकदमै राम्रोसंग सबै जातीलाई खुवाउने सोचले सबै जातिलाई निम्तो दिएर एकदम प्रेमले खुवाए तर हाम्रै छिमेकी दलित समुदायलाई खुवाउन थालेपछि हाम्रो छिमेकी नेपाली कांग्रेसका उपेन्द्र यादवले भोज खाने ठाउँमा आएर अछोप भन्द्र नानाथरी गरी दिदै पातबाट उठाएर भगाएको छ । आफुले निम्तो दिएको र आफुले खर्च गरे खान बोलाएका पाहुनालाई छिमेकीबाट अपमान भएकोले एकदमै दुखित भएको भोजीका भतिज उमेश यादवले बताए ।


उनले भने भोज खान भएका गरित समुदायका बालबालिका लखेटिएपछि आफनो बाजेलाई भन्छन् । बाजे भोज नखाने मलाई भोज मगाई दिनु न । त्यो बेलाको कारुणीक बच्चाको स्वर याद आएपछि अहिले पनि रुन मन माग्छ । हामी भोज गर्ने माईजनहरु जबरजस्ती ५ गाउँका भोज गर्न लगायो तर आफनै छिमेकी दलित समुदायका खान बोलाएपछि जातीय अंहकारले यस्तो घटना भएको हो । माइजनी प्रथा जब सम्म अन्त भएन भने यस्ता घटना पाखण्डीहरुका कारण भैरहने छन् ।


दलित समुदायलाई अपमानगरी निम्तो दिएको भोज खान नदिएका ती पाखण्डी दोषीलाई कानूनको दायरा ल्याई कार्बाहीको माग गर्दै छु ।
दलितहरुलाई न्याय दिलाउन दिन रात एक गरिदिन्छौ । म कहिले समाजिक कुरुतीपक्षमा छैनौ । दलित संग संगै बसेर खादै आएका छौ आज पनि खानछौ । दोषिलाई कार्बाही नगरिए न्यायका लागि आन्दोलनमा पनि जाने सुखीपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम लोभित यादवले चेतावनी समेत दिएका छन् ।


जातीय भोभाव तथा छुवाछूत कसुर साय ऐन २०६८ अनुसार कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीनवर्षसम्म कैद वा एक हजार रुपैयादेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ ।

 

नोट :– मधेश स्पेशल साप्ताहिक पत्रिकाद्वारा संचालित मधेश स्पेशल डटकममा प्रकाशित कुनै पनि सामाग्री मधेश स्पेशल साप्ताहिक पत्रिकाको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ । यस किसिमका कार्य गर्ने उपर मधेश स्पेशल साप्ताहिक पत्रिका नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६