तथ्यांकमा काेराेना भाइरस - COVID - 19

प्रदेश प्रमुख यादवलाई गृह नगरमा भब्य सम्मान तथा अभिनन्दन

  • प्रकाशित मितिः कार्तिक 30, 2076
  • मधेश स्पेशल
  • 1276 पटक पढिएको

रोयाण्टर मण्डल

सिरहा / प्रदेश नम्बर ५ का प्रमुख धर्मनाथ यादवलाई शनिवार गृह नगरमा भब्य सम्मान तथा अभिनन्दन गरिएको छ । अभिनन्दन, सम्मान समारोहमा यादवालाई दोसल्ला ओढाएर कदरपत्र सहित अभिनन्दन गरिएको हो ।


सुखीपुर नगरपालिकाको आयोजनामा अभिनन्दन कार्यक्रममा सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवले नगरवासीको तर्फबाट यादवलाई नागरिक अभिनन्दन तथा चाँदीको जानकी मन्दिरको मयाको चिनो दिएर सहित अभिनन्दन गरिएको हो ।


अभिनन्दनपछि मन्तव्य राख्दै यादवले धेरै पार्टीले त्याग र तपस्या र तपाईहरुको मयाको कारण आज यो पदमा पुगेकोले सबै जुनसुकै समयमा सकारात्क सोच राखेर अगाडी बढनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठ, सुरेश चन्द्र दास, प्रदेशसभा सदस्य तथा राम कुमार यादव, प्रदेशसभा सदस्य लगन लाल चौधरी, मदन सेन श्रीवास्तव, नेकपाका केन्द्रिय सदस्य राम चन्द्र यादव, गंगा प्रसाद यादव, धनगढीमाई नगरपालिका नगर प्रमुख हरि नरायण चौधरी लगायतकाले अभिनन्दन मनतब्य राख्नुभएको थियो ।
यस्तै नगरभरका अधिकाशं संघ सस्थाले विभिन्न प्रकारको अभिनन्दन पत्र दिएर सम्मान गरिएको थियो । (बाकी अंश मंगलवार मधेश स्पेशल पत्रिकामा)

गोरखापत्र दैनिक समाचारदाता जिवछ यादवका अनुसार
लहान, कातिक ३० गते । प्रदेश–५ का नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादवलाई गृह नगर सुखीपुरमा अभिनन्दन गरिएको छ ।
७६ वर्षको उमेरसम्म निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनु भएको सुखीपुर नगरपालिका ६ खरहिटोलका धर्मनाथ यादवलाई नियुक्त गरेकोमा सुखीपुर नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरेर अभिनन्दन गरेको हो ।
कार्यक्रममा सिरहा ३ का संघीय सांसद लिलानाथ श्रेष्ठले नव नियुक्त प्रमुख यादवले कहिले पनि व्यक्तिगत स्वार्थलाई बढावा नदिई पार्टीको संगठन निर्माणको काममा लागेर योगदान गरेकोले ढिलै भए पनि नेपाल कम्युनिष्ट पार्टीले न्याय गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, सदा जीवन उच्च विचारको यादव स्थायी शिक्षण पेसा छाडेर २०४८ र २०५१ सालको प्रतिनिधि सभाको निर्वाचनामा सिरहा ३ बाट नेकपा एमालेको उम्मेदवार हुदाँ पराजित भए पनि कहिले हरेस खानु भएन । २०६४ र २०७० को संविधान सभाको निर्वाचनमा समानुपातिकमा पार्न जिल्लाका नेता तथा कार्यकर्ताको दबाब पार्टीलाई थियो । सामानुपातिकमा नपर्दा जिल्लामा नेता कार्यकर्ताहरुमा खिन्ता छाएकै थियो । बल्ल यस पटक प्रमुखमा नियुक्त हुनुभयो । यसले नेकपाको नेता कार्यकर्ता मात्रै होइन, अन्य दलका नेताहरुले समेत खुसी व्यक्त गरेका छन् ।
सिरहा २ का संघीय सांसद सुरेश चन्द्र यादवले धर्मनाथ यादव एक नेता मात्रै नभएर सामाजिक विकृति हटाउने अभियन्ता , कलाकार र गीतकार समेत भएको बताउनुभयो ।
नेकपा केन्द्रिय सदस्यद्वय रामचन्द्र यादव, सिरहा ३ ९क० का प्रदेश सभा सदस्य रामकुमार यादव सिरहा १ ९क० का प्रदेशसभा सदस्य लगन लाल चौधरी , लहान नगरपालिका प्रमुख मुनि साह, धनगडीमाई नगरपालिका प्रमुख हरिनारयण चौधरी, सिरहा जिल्ला समन्वय समिति प्रमुख रामचन्द्र ठाकुर र सुखीपुर नगरपालिका प्रमुख राम औतार यादवले अभिन्न्दन गर्दै सुखी नेपाली , समृद्ध नेपालको नारा सफल बनाउन कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
खुल्ला सभामा आयोजित अभिनन्दन सभामा सिरहाका एक दर्जनभन्दा वढी माध्यमिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुले अभिन्ननदन पत्र र दोसलला ओढाएर प्रमुख यादवलाई सम्मान गरिएको थियो ।
आफ्नै गृह नगरमा सम्मानित हुनु भएको प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले भन्नुभयो, ‘७६ वर्षको उमेरमा नकपाले मलाई यस्तो गहन जिम्मेवारी दिएको छ । यस जिम्मेवारीलाई इमानदारी र निष्ठाको साथ निर्वाह गर्नेछु । अब समृद्धि र विकासको लागि आपसी मतभेदहरु त्यागेर सामाज , प्रदेश र देश निर्माणको लागि एक भएर लाग्नुको विकल्प छैन ।’

 

 

वहाँको केही लद्यु जिवनी
२ हजार सालमा सिरहाको सुखिपुर नगरपालिका– ६ खरही टोलमा जन्मेका यादवले सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका थिए । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन ।


विद्यार्र्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । पार्टीको सदस्यता लिएदेखि निरन्तर रुपमा कम्युनिष्ट पार्टीमै सक्रिय रहेको र प्रदेश प्रमुख सिफारिसले जनतामा राजनीति प्रतिको आस्था पुनः जागेको उनी बताउँछन् ।

यादव २०३७ सालमा ३ महिना जेल परेका थिए । सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई जेल हालिएको थियो । त्यसपछि पनि उनी शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहेका थिए । २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि उनी २०४८ को आम निर्वाचनमा शिक्षण पेशाबाट राजीनामा दिई चुनावमा उम्मेद्वारी दिएका थिए तर, जित्न सकेनन् ।

यादव त्यसयता कुनै चुनाव लडेनन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उनको नाम समानुपातिक सूचीमा राखेपनि सांसद हुन पाएनन । राजनीतिमा लागेर सम्पत्ति र जागिर गुमाए पनि उनी राजनीतिप्रति इमान्दार रहेको समकक्षीहरु बताउँछन ।

उनकै समकक्षी रामजी यादवले उमेर र आर्थिक अवस्था कमजोर भए पनि उनी पार्टाीप्रति इमान्दार रहेको बताए । नेकपा जिल्ला अध्यक्ष रामकुमार यादवका अनुसार धर्मनाथ विज्ञान विषयका प्रखर शिक्षक थिए । धर्मनाथ अहिले पनि गाउँमा ‘मास्टरजी’ भनेर परिचित छन ।

यादवलाई आफु प्रदेश प्रमुखमा सिफारिस भएको सोमबार विहानसम्म कुनै जानकारी नै थिएन । विहान १० बजेको आसपास केही नेताहरुले प्रदेश प्रमुखको नाममा छलफल भएको सूनाएपछि मात्र आफ्नो नाम सिफारिस भएको सुचना पाएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६