११ लाखसहित २ हुुण्डी कारोबारी पक्राउ

  • प्रकाशित मितिः मंसिर 13, 2076
  • मधेश स्पेशल
  • 1072 पटक पढिएको

फिरोज शेख
लहान / भारतबाट नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक नेपाली र एक भारतीय हुण्डी कारोबारी पक्राउ परेका छन् ।
भारतको मधुवनी जिल्ला लौकाहा बाट लुकाइ छिपाइ ल्याउँदै गरेको ११ लाख नेपाली रुपैयाँ सहित एक नेपाली रामशंकर यादव र एक भारतीय नागरिक अशोक कुमार झा लाई प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका ४ स्थित ठाडि भगवानपुर सडक खण्डमा पक्राउ गरेको हो ।

 

भारतको लौकाहा बाट आउँदै गरेको बी आर ३२ एच ०३३५ नम्बरको मोटरसाइकल लाई रोकि चेकजाच गर्ने क्रममा भारत मधुवनी जिल्ला लौकाहा पंचायत वडा नम्बर १२ बस्ने बर्ष ३० को अशोक कुमार झाको साथ बाट नेपाली रुपैया २ लाख र जिल्ला सिरहा भगवानपुर गाउपालिका ४ बस्ने बर्ष ३० को रामशंकर यादवको साथ बाट नेपाली रुपैया ९ लाख गरी जम्मा नेपाली ११ लाख रुपैयाँ र मोटरसाइकल बरामद गरेको छ ।


पक्राउ पर्ने दुवै जनालाई आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाएको पक्राउ परेको यादव र झा व्यवसायीक हुण्डी करोवारी हुन् ।  लौकाहाका व्यपारीसँग मिलेर हुण्डी कारोबार गर्दै आइरहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक भेष राज रिजालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६