नेपालको शिक्षा नितीमा विभेद : मन्त्री मण्डल

  • प्रकाशित मितिः पुष ४, २०७६
  • मधेश स्पेशल
  • 2692 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / उधोग , पर्यटन , वन तथा वतावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले नेपालको शिक्षा नितीमा विभेद रहेको आरोप लगाएका छन् ।


मातृभाषाको पढाइ अनिवार्य तथा अन्य तहका सेवाहरुमा लिने परीक्षामाको प्रश्न पत्र पनि मातृभाषा हुनुपर्ने तर भाषिक विभेद गदै मातृभाषलाई अनिवार्य नबाई विभेद गर्दै आएको उनले बताएका छन् ।

 

Image may contain: 5 people, people standing
नगर सुधार समिति न.पा सुखीपुरको एसइइ मोडेल नगरस्तरीय प्रतियोगिता परीक्षकाको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री मण्डलले सामुदायिक तथा संस्थागत विद्यालयमा मातृभाषाको पढाइलाई अनिवार्यरुपमा लागू गर्न जोड दिए मात्रै भाषिक विभेद अन्त हुनेछन् ।

 


उनले भने, ‘मातृभाषामा शिक्षा भन्ने भनाइलाई प्रभावकारी बनाउनुपर्छ । भाषा आफैँमा एउटा नियम हो । जब ती कुरामा राम्रो ज्ञान भयो भने अरु भाषा सिक्न सजिलो हुन्छ । व्याहारिकरुपमा भाषाको ज्ञान हुनु जरुरी छ । जुन भाषा बोलीमा मात्र सीमित हुन्छ । त्यो भाषा सधैं टिकाउ हुन सक्दैन । शिक्षा सेवा, लोक सेवा, प्रहरी प्रशासन र अन्य सेवाहरुमा शोधिने प्रश्न पत्र समेत मातृभाषामा भएमा मात्रै भाषिक विभेद अन्त हुनेछ ।’

Image may contain: 11 people, people sitting
कार्यक्रममा नगर सुधार समिति न.पा सुखीपुरका संयोजक विपी भुवन यादवले हामी यो परीक्षा लिनुभन्दा पहिले कक्षा १० को लागि निःशुल्क कोचिङ्ग संचालन गरेको थिए । त्यसैको अधार बनाई नगरभरका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराए । अध्ययन र परीक्षाको बारेमा राम्रो सिकाई र अध्ययन गर्ने बतावरण तयार हुनेछ । त्यति मात्रै होईन नगर सुधार समिति विभिन्न क्षेत्रमा कार्य गर्दै आएको छ । आजको कार्यक्रमले विद्यार्थीको भविष्य निर्माणमा एकदमै सहयोग पुगने बताएका छन् ।

Image may contain: 9 people, people standing


प्रतियोगिता विद्यार्थीको अंक जोडेर विद्यालयका कुल अंक बनाई नतिजा प्रकाशन गरे अनुसार प्रथम माध्यमिक विद्यालय छजना, दोस्रो माध्यमिक विद्यालय कविलासी, तेस्रो माध्यमिक विद्यालय मोहनपुर कमलपुर, चौथो माध्यमिक विद्यालय सुखीपुर, पाचौं माध्यमिक विद्यालय दहिपौडी र छठौ माध्यमिक विद्यालय बलही प्राप्त गरेको छ ।

Image may contain: 14 people, indoor

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६