शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले दलितहरु बढी प्रभावित

  • प्रकाशित मितिः पुष 4, 2076
  • मधेश स्पेशल
  • 51582 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / केही दिनदेखि चलेको शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोका कारण सिरहा जिल्लाको जनजीवन प्रभावित भएको छ ।

 

चिसोले विद्यालयका बालबालिका, दैनिक मजदुरी गरेर जीविका चलाउने मजदुर र वृद्धवृद्धा तथा दलित बस्तीका दलितहरुलार्ई बढी असर पुर¥याएको छ । चिसो बढेसँगै कोल्ड डाइरिया, निमोनिया, रुघाखेकी र दम रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको सलहेश पोली क्लिनिकका डाक्टर राजदेब यादबले बताउनुभयो ।

 

बिहानैदेखि बाक्लो हुस्सुँगै चल्ने गरेको शीतलहरले चिसो बढेपछि स्थानीयवासी घरबाट बाहिर निस्कन नसक्ने सुखीपुर बजार पनि शुनसान देखिएको छ ।

आकाशमा दिनहुँ लाग्ने बाक्लो हुस्सुसँगै हुने शीतलहरका कारण आलु, प्याज, तोरीलगायतको हिउँदे बालीमा प्रतिकूल असर पु¥याएको नयाँ नेपाल साना किसान कृषि सहकारी संस्था लिमिटेड सुखीपुरका अध्यक्ष सुर्यनाथ मण्डलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६