नवराजपुर गाउँपालिकामा दाउरा वितरण

  • प्रकाशित मितिः पुष 8, 2076
  • मधेश स्पेशल
  • 1533 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा । केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि नवराजपुर गाउँपालिकाले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण शुरु गरेका छन् ।


शीतलहर बढेर चिसोको प्रभाव बढेपछि वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको छ । विहीवार र आइतवार गरेर झण्डै यी क्षेत्रमा दश क्विन्टल दाउरा विभिन्न चौकमा बालेर ताप्नका लागि वितरण गरिएको नवराजपुर गाउँपालिकाले जनाएको छ ।


गाउँका गरिब मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गर्न लागिएको नवराजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोज यादवले जानकारी दिनुभयो ।

घरमा आर्थिक कमजोरका कारण ओढ्ने ओछ्याउने कमजोर हुने यस क्षेत्रका मुसहर समुदायका परिवारहरु रातभरि नै आगो बालेर आगोको सहाराले रात कटाउन थालेका स्थानीय रामु सदायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६