तथ्यांकमा काेराेना भाइरस - COVID - 19

विपन्न परिवारलाई कम्बल वितरण नवराजपुर गाउँपालिकाका २० र लक्ष्मीपुर पतारी गाउँपालिकामा १ सय ७५ जना गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण

  • प्रकाशित मितिः पुष 16, 2076
  • मधेश स्पेशल
  • 308 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिरहाको नवराजपुर गाउँपालिकाका २० र लक्ष्मीपुर पतारी गाउँपालिकामा १ सय ७५ जना गरिब तथा विपन्न समुदायका परिवारलाई मंगलवार कम्बल वितरण गरिएको छ ।


चिसोबाट प्रभावित सिरहा नवराजपुर वडा नम्बर ५ का वडा अध्यक्ष मनोज कुमार यादवको विशेष सहकार्य र सिमा प्रहरी चौकी झाजपटी नवराजपुरको आयोजनामा २० जनालाई कम्बल वितरण गरिएको हो ।


केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा समितिले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।
चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यलाई निरन्तर दिने काम भइरहेको अध्यक्ष यादवले बताउनुभयो ।

Image may contain: 4 people, people standing
त्यसैगरी, सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्ष मनिक लाल यादवको विशेष सहकार्यमा कम्बल वितरण गरेको छ ।
चिसो वाट बँच्नका लागी रामपुर पिप्रा टोलका १ सय ७५ जना बिपन्न वर्ग समुदायहरुलाई कम्बल वितरण गरिएको वडा नम्बर १ का वडा सचिब घुरण यादबले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष राम बल्लभ साहको प्रमुख आतिथ्य र वडा अध्यक्ष मनिकलाल यादवको अध्यक्षतामा कम्बल वितरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक डाउन सुखीपुरमा प्रभाव विहीन हुदै

रोयाण्टर मण्डल लहान / सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि  शुरू गरेको लक

सुखीपुर नगरपालिकाद्धारा नगरबासीलाई साबुन वितरण

रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालीकाका सम्पुर्ण नगरबासीलाई साबुन वितरण गरेको छ । कोरोना भाईरस

सुखीपुर नगरपालिकामा विद्यालयको भवन बन्यो ‘क्वारेन्टाइन’

रोयाण्टर मण्डल लहान/ सुखीपुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाईन स्थल व्यवस


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६