तथ्यांकमा काेराेना भाइरस - COVID - 19

वृद्धा आश्रम स्थापना गर्ने : मेयर यादव

  • प्रकाशित मितिः पुष 29, 2076
  • मधेश स्पेशल
  • 662 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / घरपरिवार तथा छोराबुहारीबाट तिरस्कृत, अपमानित तथा घरबाट निकालिएका असहाय, गरीब वृद्धवृद्धाका लागि सिरहाको सुखीपुरमा वृद्धाश्रम स्थापना गर्ने नगर प्रमुख राम औतार यादवले उद्घोष गर्नुभयो ।


सुखीपुर नगर पालिकाको सहकार्य वडा नम्बर ८ को वडा कार्यालयको आयोजनामा गरिब, असहाय तथा जेष्ठ नागरिक परिवारलाई कम्बल बितरण आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादबले जेष्ठ नागरिकको बृद्धा अबस्थाको साहाराका लागि सुखीपुर नगरपाकिला वडा नम्बर ८ भित्र बृद्धाआश्रमको आबश्यक्ता देखिएकोले निकट भबिष्यमा निर्माण गर्ने वहाँले उद्घोष गर्नुभयो ।


वृद्धवृद्धालाई खानपिन, रेखदेख, बसोवाससँगै माया तथा स्नेह प्रदान गर्ने उद्देश्यले बृद्धाआश्रम निर्माणगरी जेष्ठ नागरिकलाई स–सम्मान सहित राखी पालनपोषण गर्ने मेयर यादबले स्पष्ट गरे ।

कार्यक्रममा ३ सय जना वृद्धवृद्धालाई जाडो छल्न राहतस्परूप ३ सय ब्ल्याङ्केट प्रदान गरिएको वडा अध्यक्ष हरिवंश महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक डाउन सुखीपुरमा प्रभाव विहीन हुदै

रोयाण्टर मण्डल लहान / सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि  शुरू गरेको लक

सुखीपुर नगरपालिकाद्धारा नगरबासीलाई साबुन वितरण

रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालीकाका सम्पुर्ण नगरबासीलाई साबुन वितरण गरेको छ । कोरोना भाईरस

सुखीपुर नगरपालिकामा विद्यालयको भवन बन्यो ‘क्वारेन्टाइन’

रोयाण्टर मण्डल लहान/ सुखीपुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाईन स्थल व्यवस


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६