शिक्षामा जोड दिए मात्रै गरिबी अन्त हुने : प्रदेश सदस्य श्रीवास्तव सुखीपुर नगरपालिका वडा नं. ८ सुखीपुरले आयोजना गरेको कम्बल वितरण

  • प्रकाशित मितिः पुष 29, 2076
  • मधेश स्पेशल
  • 1442 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / प्रदेश नम्बर २ सिरहा क्षेत्र नम्बर २ खको प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले शिक्षामा जोड दिए मात्रै गरिबी अन्त हुने बताउनुभयो ।


सरकारले मात्रै चाहेर पनि केही गर्न सकिदैन् । गरीबी उन्मूलन गर्न सबैको सहयोग र साथ चाहिन्छ । त्यो सहयोग र साथ शिक्षा हो । शिक्षामा सबैले सहयोग गरे मात्रै गरिबी अन्त हुने सुखीपुर नगरपालिका वडा नं. ८ सुखीपुरले आयोजना गरेको कम्बल वितरण कार्यक्रममा वहाँले बताउनुभयो ।


शिक्षा नै एउटा यस्तो यन्त्र हो । जसले सबै क्षेत्रमा राम्रो प्रभावकारी काम गर्ने गर्छन् । त्यसैलेले आ–आफनो बालबालिकालाई शिक्षामा जोड दिन लगाउनुपर्छ र देश विकासमा सहयोग गर्न कार्यक्रमको प्रमुख अतिथि समेत रहेको श्रीवास्तवले सबैलाई आग्रह गर्नुभयो ।


सुखीपुर नगरपालिकाको सहकार्यमा चिसोबाट पीडित गरिब, असहाय तथा जेष्ठ नागरिक परिवारलाई कम्बल बितरण गरेको छ । सुखीपुर नगरपालिका वडा नं. ८ सुखीपुरमा सोमबार कम्बल वितरण गरिएको हो ।

Image may contain: 8 people, including Ram Autar Yadav, people smiling, crowd and outdoor
केही समय यता चिसो बढदै गएपछि चिसोबाट बच्नका लागि राहत स्वरुप कम्बल बितरण गरिएको वडा अध्यक्ष हरिवंश महतोले बताउनुभयो ।


वडा कर्यालयको आयोजनामा ३ सय भन्दा बढी गरिव, असहाय, अपाङ्ग तथा जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ ।


वितरण कार्यक्रमको प्रमुख अतिथी प्रदेश नम्बर २ सिरहा क्षेत्र नम्बर २ खको प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवको प्रमुख आतिथ्य, सुखीपुर नगरपालिकाको नगर प्रमुख राम औतार यादवको विशिष्ठ आतिथ्यमा, सुखीपुर व्यपार समितिको अध्यक्ष शत्रुधन प्रसाद चौधरी, सुखीपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र महतो, वडा नम्बर ७ का अध्यक्ष विरेन्द्र कुमार महतो, वडा नम्बर ९ का वडा अध्यक्ष रमेश महतो, वडा नम्बर १० का वडा अध्यक्ष राम लखन महतो, कुशवहा सिरहा उपाध्यक्ष राम अशिष यादव, राजापाका दौरिक महतो, प्रधान अध्यापक राम रिझन यादव लगायतको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रको अध्यक्षता सुखीपुर नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतोले गरेको थियो भने कार्यक्रम संचालन नेकपाका युवा नेता राम किसुन यादवले गर्नुभयो ।

Image may contain: 4 people, outdoor

Image may contain: 3 people, people sitting

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६