घुस लिँदै गर्दा सिरहामा प्रहरी जवान रङ्गेहात पक्राउ

  • प्रकाशित मितिः माघ ८, २०७६
  • मधेश स्पेशल
  • 7381 पटक पढिएको

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण


सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहामा एक जना प्रहरी जवानले घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको छ ।


बुधवार बिहानै ईलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवले भारतबाट समान ल्याउन सेटिङ्ग मिलाई दिने भन्दै ५ हजार रुपैयाँ घुस लिदै गरेको बेला पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हरि प्रसाद घिमिरेले बताए ।


जवानले भारतबाट समान ल्याउन समस्या नहुने र सहज वातावरण हुने भन्दै ब्यपारीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बदिवासबाट खटेको टोलीले उनलाई सुखीपुर नगरपालिका वडा नम्बर १० दहिपौडीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
जवान यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६