तथ्यांकमा काेराेना भाइरस - COVID - 19

मधेशको सबै भन्दा ठूलो रोग दहेजप्रथा : प्रदेश सदस्य श्रीवास्तव संस्कृती बचाऊ भन्ने मूल नाराका साथ सुखीपुरमा खिचडी महोत्सव सम्पन्न

  • प्रकाशित मितिः माघ 8, 2076
  • मधेश स्पेशल
  • 347 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा । प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले मधेशको सबै भन्दा ठूलो रोग दहेजप्रथा रहेकोले यसलाई अन्त गर्नुपर्ने बताउनुभयो ।

बुधवार सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रामजानकी मन्दिरको प्राङ्गनमा नगर सुधार समिति सुखीपुरको आयोजना आयोजित प्रथम नगरस्तरीय खिचडी महोत्सव २०७६ वहाँले मधेशको कुरुती मध्ये दाईजो प्रथा हो । यसलाई अन्त गर्न सबैले एक भएर अभियान थालनु पर्छ । आ–आफनो छोराको विवाहमा दाईजो नलिई विवाह गर्ने अठोत लिए मात्रै दाईजो अन्त हुने छ ।

 

आजको कार्यक्रम प्रकृती बचाऊ – संस्कृती बचाऊ भन्ने मूल उदे्श्य रहेकोले प्रकृतीको लागि बोट विरुवा लगाउनुपर्छ र त्यसलाई संरक्षण गर्नुपर्छ, संस्कृती बचाऊ यस्तै कार्यक्रमहरु गर्नुपर्छ र समाजमा धेरै गति आउदै गरेको दाईजो उन्मुलन गर्ने अभियानमा लागन कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएको प्रदेश सदस्य श्रीवास्तवले सबैलाई आग्रह गर्दै अहिले आधुनिकताको कारण आफनो भषा , संस्कृती समेत विर्सेर अरुको सस्कृतीमा रमानु भन्दा आफनो संस्कृतीलाई जोगाएर बालबच्चामा संस्कारको रुपमा परिणत गर्नुपर्ने भन्नुभयो ।

 

त्यस्तै प्रदेश नम्बर २ का प्रदेश सदस्य नरेश कुमार यादव , सुनिता रामले भेस भुषा लगायतको कुरामा यस महोत्सवमा जोड दिएको छ । यस महोत्सव सबैको महोत्सव हो आयोजकले यस्ता कार्य गरेकोले आयोजकलाई धन्यावाद दिदै अगाडी दिन यस्ता कार्यहरु गरि रहन आग्रह गर्नुभयो दिए ।

 

महोत्सव, मिथिला चित्रकला, थारु झाकी, महिलाहरु आ–आफनो जातिको पोसाक र पुरुषहरु धोती, कुर्ता र माथमा पगरी बाधेर सुखीपुर नगर परिक्रमा गरेको थियो । अहिलेको अवस्थामा विग्रिदै गए रहेको पर्यावरण संरक्षण र आफनो हराउदै गएरको मौलिकता तथा विषादीयुक्त खानाबाट मुक्त गराउने महोत्सवको उदेश्य रहेको आज स्थानीय तथा राष्ट्रिय कलाकारहरु कला प्रदर्शन गराई महोत्सव सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष वीपी भुवन यादवले बताउनुभयो ।

 

कार्यक्रममा आफनो कला प्रदर्शन गर्ने सबै कलाकार तथा सहयोगीलाई कदर पत्रले सम्मान गरेको थियो । कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष वीपी भुवन यादव, स्वागत मनत्वय राम रिझन यादव र कार्यक्रम संचालन कृष्ण मोहन चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गरिब मजदुरलाई खानाको व्यवस्था प्रदेश सरकारले गर्ने

जनकपुर । मन्त्री परिषदको आज सम्पन्न बैठकले लक डाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागी

लक डाउन सुखीपुरमा प्रभाव विहीन हुदै

रोयाण्टर मण्डल लहान / सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि  शुरू गरेको लक

सुखीपुर नगरपालिकाद्धारा नगरबासीलाई साबुन वितरण

रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालीकाका सम्पुर्ण नगरबासीलाई साबुन वितरण गरेको छ । कोरोना भाईरस


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६