तथ्यांकमा काेराेना भाइरस - COVID - 19

जनताको आवश्यता औचित्य अधारमा संविधान संशोधन गर्न तयार रहेको प्रचण्डको उद्घोष

  • प्रकाशित मितिः माघ 23, 2076
  • मधेश स्पेशल
  • 721 पटक पढिएको

लहान । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन गर्न तयार रहेको बताउनुभयो ।

देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताबाहेक सबै विषयहरु जनताको आवश्यता औचित्य अधारमा संविधान संशोधन सकिने प्रतिवद्धता गर्नुभयो ।


बिहीबार सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले आयोजना गरेको दोस्रो झण्डा महोत्सवमा प्रचण्डले तराई–मधेश होस् वा हिमाल–पहाड होस् सबै जनताको आकाङ्क्षानुरुप संविधानलाई परिमार्जन गर्दै जाने लोकतान्त्रिक प्रावधान संविधानमा राखिएकाले यसलाई परिवर्तन गर्न सकिने बताउनुभयो ।


तराई–मधेश, हिमाल–पहाड सबैलाई एकताको सूत्रमा जोडेर देशमा अधिकारसँगै विकास र समृद्धिको लडाइँलाई नयाँ उचाइ दिने ठूलो जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तराई–मधेश र हिमाल–पहाडका ऐतिहासिक, सांस्कृतिक कुरा बुझेर देशलाई एकताको सूत्रमा बाँध्नका लागि आफूले पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले तराई–मधेशको पूर्वाधार विकासका लागि सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष प्याकेज ल्याउन लागेको छ भन्दै त्यसबाट मधेशले विकासमा ठूलो फड्को मार्ने दाबी गरे। “मधेशको विकासबिना मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिन्न भन्ने कुरामा आफू र आफ्नो पार्टीले बुझेको छ”, उनले भने, “यसबारेमा हामी स्पष्ट छौँ, त्यो कुरा यो सरकार र नेकपाले मात्र पूरा गर्न सक्छ भन्नेमा विश्वस्त छौँ ।”

Image may contain: 2 people, outdoor
तराई–मधेशमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण, पूर्वपश्चिम रेल्वे, फास्टट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कलकारखानाको स्थापनालगायत विकास निर्माणका योजनाहरु विस्तारै अघि बढिसकेको वहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६